विज्ञापन बोर्डका नवनियुक्त अध्यक्ष लक्ष्मण हुमागाईंले विज्ञापनको क्षेत्रमा देखा परेका विकृति र विसङ्गतिहरुको अन्त्य गर्ने बताएका छन्।
मंगलबार बबरमहलस्थित विज्ञापन बोर्डको कार्यालयमा आफ्नो कार्यभार सम्हाल्दै अध्यक्ष हुमागाईंले विज्ञापनको क्षेत्रमा देखा परेका विकृति र विसङ्गतिहरुको अन्त्य गरिने बताएका हुन्।
बोर्डको प्रमुख उद्देश्य विज्ञापन बजारको विस्तार गर्ने, विज्ञापनरहित नीतिको कार्यान्वयन र अवैधरुपमा विज्ञापन भइरहेका क्षेत्रहरुमा नियमन र नियन्त्रण गर्ने रहेको बताए। सरोकारवालाहरुसँग छलफल गर्दै नीति निर्धारण गर्ने र व्यवस्थितरुपमा सञ्चालन गर्ने उनको भनाइ छ। बोर्डले सरकारी विज्ञापनको व्यवस्थापनका साथै महत्वपूर्ण मिडिया क्याम्पियनहरु सञ्चालन गर्ने पनि बताए।
अध्यक्ष हुमागाईंले लोक कल्याणकारी विज्ञापनलाई बोर्डले व्यवस्थित बनाउने बताए। केन्द्र, प्रदेश तथा स्थानीयस्तरको विज्ञापनको काम व्यवस्थित र संवेदनशील भएर सञ्चालन गर्ने पनि बताए।





























प्रतिक्रिया