बजार अनुगमनको नियामक निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ।
विभागले आज सूचना जारी गर्दै ‘कोभिड–१९ को बढ्दो सङ्क्रमणका कारण बजार अनुगमन, आपूर्ति तथा उपभोक्ता संरक्षण शाखा तथा निकासी पैठारी इजाजत तथा सहजीकरण शाखाबाट प्रवाह हुने सेवाबाहेकका अन्य सम्पूर्ण सेवा आजदेखि वैशाख १९ गतेसम्मका लागि स्थगन गरिएको जनाएको छ।
विभागका प्रवक्ता शिवराज सेढाईँले भने, “विभागमा सेवाग्राहीको भीडभाड हुँदा सङ्क्रमणको जोखिम थियो। जिल्ला प्रशासन कार्यालय काठमाडौँले अतिआवश्यक बाहेकका सबै सेवा प्रवाह बन्द गरेपछि प्रशासनकै आग्रहमा हामीले सेवा प्रवाह स्थगन गरेका हौँ। भीडभाड बढी हुने काम रोकिए पनि बजार अनुगमन लगायतका काम हुन्छ”, उनले भने।रासस































प्रतिक्रिया