बुधबार नेप्से परिसूचक १३.७९ अंकले गिरावट आएको छ। दुई दिन लगातार घटेको नेप्से मंगलवार ९२ अंकले बढेको थियो । तर, कोरोना भाइरसको दोस्रो लहर तिव्र रुपमा फैलिएकाले भाइरस रोकथामको लागि विहीबारदेखि निषेधाज्ञा गर्ने सरकारको निर्णयसँगै नेप्सेमा गिरावट आएको छ ।
नेप्से परिसूचक १३.७९ अंकले घटेर २ हजार ५८५.२८ विन्दुमा पुगेर कारोबार रोकिएको छ । नेप्से परिसूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । आज २१५ कम्पनी कारोबारमा आएका थिए। जसको ८९ लाख ६५ हजार ५८८ कित्ताको ३ अर्ब ९९ करोड ४३ लाख १ हजार २३६ रुपैयाँ बराबरको कारोबार भएको छ।
आज महिला लघुवित्त र विशाल बजारको शेयर मूल्य क्रमशः १०/१० प्रतिशतले वृद्धि भएको छ ।





























प्रतिक्रिया