साताको पहिलो दिन नेप्से ५४ अंकले वृद्धि

साताको पहिलो दिन नेप्से ५४ अंकले वृद्धि

केन्द्रबिन्दु
0
Shares

कोरोनाको दोस्रो लहरका कारण लकडाउन भए पनि शेयर बजारमा भने खुल्ला रहेको छ। लकडाउनमा अनलाइनमार्फत  कारोबार गर्ने सकिने भएको छ। अनलाइन कारोबार हुने भएपछि निषेधाज्ञामा पनि लगानीकर्ताको संख्या बढेसँगै शेयर बजारमा कारोबारको चाप बढ्न थालेको छ। 

सोही अनुरुप लकडाउनपछिको पहिलो हप्ताको आइतबार नेप्से परिसूचक ५४ अंकले बढेको छ। आइतबार बजारमा १६२ कम्पनीको शेयर मूल्य बढ्दा १३ कम्पनीको मात्रै मूल्य घटेको छ । नेप्से परिसूचक ५४ अंकले बढ्दा सबै समूहका परिसूचक उकालो लागेका छन् । 

जसमा सबैभन्दा बढी जीवन बीमा समूहको परिसूचक ६३२ अंकले उकालो लागेको छ भने निर्जीवन बीमा समूहको परिसूचक पनि ४४८ अंकले बढ्न पुगेको छ। 

यसैगरी बजारमा उत्पादनमुलक समूहको परिसूचक १५० अंकले उकालो लाग्दा केही दिनयता ओरालो लागिरहेको होटल तथा पर्यटक समूहको परिसूचक समेत १११ अंकले बढ्न पुगेको छ। 
माईक्रोफाईनान्स समूहको परिसूचक १०४ अंकले बढ्दा व्यापार समुह समेत ७९ अंकले उकालो लागेको छ। तर बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ्क समूहको परिसूचक भने २० अंकले मात्र बढेको छ ।

आज परिसूचकसँगै कारोबार रकमसमेत बढेको छ। कारोबारमा आएका कम्पनीको ७ अर्ब ३६ करोठ रुपैयाँको शेयर कारोबार भएको छ।

लकडाउनका कारण अन्य क्षेत्रका व्यापार व्यवसाय ठप्प हुँदा सो क्षेत्रका लगानीकर्ताहरु समेत शेयर बजारमा झुम्मिदा बजारमा नेप्से परिसूचकका साथै कारोबार रकमसमेत बढ्न पुगेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन्।

Skip This
Skip This
Logo