आयोजना प्रभावितका लागि मध्य भोटेकोशीको आईपीओ आजदेखि खुला

आयोजना प्रभावितका लागि मध्य भोटेकोशीको आईपीओ आजदेखि खुला

केन्द्रबिन्दु
0
Shares

मध्य भोटेकोशी जलविद्युत परियोजनाको आईपीओ आजदेखि बिक्री खुला भएको छ। कम्पनीले हाल आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि मात्र शेयर निष्कासन गरेको हो।

कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीयलाई ६० लाख कित्ता आईपीओ बिक्री खुला गरेको छ। जसमध्ये ३० प्रतिशतले हुन आउने १८ लाख कित्ता शेयर भोटेकोशी गाउँपालिका वडा नम्बर १ र ५ (साविकको लिस्ती र मार्मिङ गाविस) तथा बाह्रबिसे नगरपालिकाको वडा नम्बर ५,६,७ र ८ (साविकको गाती, घुम्थाङ र मानेश्वरा गाविस) का स्थानीयलाई छुट्याइएको छ।

यस्तै, ७० प्रतिशतले हुन आउने ४२ लाख कित्ता शेयर भने सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका स्थानीयका लागि छुट्याइएको छ। यसमा छिटोमा जेठ ४ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा सबै शेयर बिक्री नभएमा जेठ २० गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ। 

सर्वसाधारणले प्रतिकित्ता १०० रुपैयाँमा आइपीओ भर्न सक्नेछन्। न्यूनतम १० देखि ४ सय कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। 

ग्लोबल आइएमई बैंक, मेगा बैंक, एनसीसी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक, प्रभु बैंक, लक्ष्मी बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, बैंक अफ काठमान्डू , एनआइसी एसिया बैंक र सिन्धु विकास बैंकको सिन्धुपाल्चोक शाखा कार्यालयबाट आवेदन दिन सकिने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ।

१०२ मेगावाट क्षमताको मध्य भोटेकोशी आयोजनाको चुक्ता पुँजी करिब ६ अर्ब छ।

Skip This
Skip This
Logo