नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको यस आर्थिक वर्षको चैत्र मसान्तसम्मको आर्थिक विवरणका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा नेपालको परनिर्भरता बढेको देखाएको छ।
आर्थिक वर्ष २०७७/७८ को नौ महिनामा कुल वस्तु व्यापार घाटा २०७६/७७ को तुलनामा १२.५ प्रतिशतले वृद्धि भई रु. १०१६ अर्ब ६३ करोड पुगेको छ । २०७६/७७ को सोही अवधिमा यस्तो घाटा २०७५/७६ को तुलनामा ८.९ प्रतिशतले घटेको थियो ।
आर्थिक वर्ष २०७७/७८ को नौ महिनामा कुल वस्तु आयात १३.१ प्रतिशतले वृद्धि भई रु.११११ अर्ब ४० करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७.५ प्रतिशतले घटेको थियो।
छिमेकी राष्ट्रहरूसँगको निर्भरतामा भारी वृद्धि भएको छ। वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा चीनबाट भएको आयात क्रमशः २०.३ प्रतिशत र ७.७ प्रतिशतले वृद्धि भएको छ भने अन्य मुलुकबाट भएको आयातमा २.३ प्रतिशतले कमी आएको छ।
वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, चामल, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाजका पार्टपुर्जा, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, भिडियो, टेलिभिजन तथा पार्टपूजा, चाँदी लगायतका वस्तुको आयात घटेको छ।































प्रतिक्रिया