आइएमएस ग्रुपका अध्यक्ष व्यवसायी दीपक मल्होत्राले चीनबाट २ हजार २५० थान अक्सिजन सिलिण्डर ल्याएर सरकारी अस्पताललाई निःशुल्क वितरण गर्ने बताएका छन्। अहिले देशभरका कोरोना संक्रमितहरुले अक्सिजन पाउन नसकिरहेको अवस्थामा मल्होत्राले चीनबाट सिलिण्डर ल्याएर वितरण गर्ने बताएका हुन्। मल्होत्राको डीएम फाउन्डेशनले उक्त सिलिण्डर ल्याउन लागेको हो।
मल्होत्राले अघिल्लो वर्षको लकडाउनकै समयमा मास्क उत्पादन गरेर सुलभ मूल्यमा बिक्री वितरण गरेका थिए। उनले दैनिक ८० हजारसम्म मास्क उत्पादन गरेर बजारमा पठाएका थिए ।
मल्होत्राले जनाए अनुसार शुक्रबारसम्म चीनबाट ती अक्सिजन सिलिण्डरहरू नेपाल आइपुग्ने छन् । नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्षसमेत रहेका उनले चेम्बरमार्फत् सरकारी अस्पताललाई ५०० थान निःशुल्क उपलब्ध गराउने बताए। निजी अस्पतालहरुलाई भने शुल्क लिएर बिक्री गर्ने उनले जानकारी दिएका छन्।





























प्रतिक्रिया