काराेबार रकममा नयाँ रेकर्ड बनाउँदा नेप्से परिसूचक १३.०९ प्रतिशतले गिरावट

काराेबार रकममा नयाँ रेकर्ड बनाउँदा नेप्से परिसूचक १३.०९ प्रतिशतले गिरावट

केन्द्रबिन्दु
0
Shares

पछिल्लो समय निरन्तर उकालो लागेको नेप्सेले दैनिकजसो नयाँ रेकर्ड बनाएको छ। मंगलबार कारोबार रकम र नेप्से परिसुचक दुबैमा नयाँ रेकर्ड कायम गरेको नेप्से आज भने  १३.०९ अंकले गिरावट आएको छ। तर काराेबार रकममा भने नयाँ रेकर्ड कायम गरेको छ। 

बुधबार बजारमा कोरोबार रकमले नयाँ रेकर्ड कायम गर्दा नेप्से परिसुचकमा भने गिरावट आएको छ । 

दिनभरिमा उच्च रहेको नेप्से बन्द हुने समयमा १३.०९ अंकले घटेर २७८०.८१ अंकमा बन्द भएको हो । मंगलबार नेप्से परिसूचक ३४.५९ अंकले बढेर २७९३.८१ अंकमा कन्द भएर नयाँ रेकर्ड कायम गरेको थियो। 

मंगलबार ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार ९२ रुपैयाँको कारोबार भएको थियो, जुन हालसम्म कै उच्च कारोबार थियो । तर बुधबार भने उक्त रेकर्ड ब्रेक गर्दै हालसम्मकै उच्च कारोबार भएको छ। बुधबार दिनभरिमा २१४ कम्पनीको २ करोड ५१ लाख २१ हजार ५५४ शेयर कित्ता १ करोड ३२ लाख ३६८ पटक किनबेच हुँदा ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार ४११ रुपैयाँको कारोबार भएको छ। यो हालसम्म कै उच्च कारोबार हो।

बुधबार ट्रेडिङ समूह ३५.७२ अंक, बैंकिङ समूह ७.३४ अंक, फाइनान्स समूह २.७४ अंक, म्युचुअल फण्ड समूह ०.०७ अंक र होटल तथा पर्यटन समूह १५.५३ अंकले बढेको छ ।

हाइड्रो पावर समूह ६१.९६ अंक, निर्जीवन बीमा समूह १५७.९४ अंक, अन्य समूह २३.१२ अंक, माइक्रोफाइनान्स समूह ९.२० अंक, जीवन बीमा समूह २८.९२ अंक, इन्भेष्टमेन्ट समूह १.८६ अंक, डेभलपमेन्ट बैंक समूह ५१.९८ अंकले, म्यानुफ्क्ट्रचरीङ एण्ड प्रो.समूह ६६.४४ अंकले घटेको हो।

Skip This
Skip This
Logo