नेपाल र सशस्त्र प्रहरीको राशन १५ प्रतिशतले वृद्धि, थप १३० बीओपी बनाइने

नेपाल र सशस्त्र प्रहरीको राशन १५ प्रतिशतले वृद्धि, थप १३० बीओपी बनाइने

केन्द्रबिन्दु
0
Shares

सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ मा देशको सीमा सुरक्षाका लागि १३० वटा बोर्डर आउट पोष्ट ‘बीओपी’ निर्माण गर्ने भएको छ।

त्रिभुवन विमानस्थलसँगै सीमा क्षेत्रमा रहेका सबै अध्यागमन कार्यालयहरूको भौतिक पूर्वाधारमा सुधार गर्दै नेपाल भित्रिने विदेशी नागरिकको बायोम्याट्रिक विवरणसमेत विद्युतीय प्रणालीमा अद्यावधिक गर्ने भएको छ।

यसका अतिरिक्त सुरक्षा निकायमध्येको नेपाल प्रहरी र सशस्त्र प्रहरीको खाइपाइ आएको रासन १५ प्रतिशतले वृद्धि गरेको छ। 

यस्तै अर्थमन्त्री विष्णु पौडेलले जनआन्दोलन, सशस्त्र संघर्ष र आन्दोलनहरूमा जीवन उत्सर्ग गरेका सहीद परिवार, द्वन्द्वपीडित, वेपत्ताका परिवार, लोकतन्त्रका योद्धा, द्वन्द्वको क्रममा विस्थापित, अपाङ्गता र घाइते भएकाहरूको अभिलेख तयार गर्ने भएको बताए।

अभिलेख तयार भएपछि उनीहरूलाई सम्मान गर्ने र सहुलियतपूर्ण कर्जा दिएर स्वरोजगार बन्न प्रेरित गरिने बताए।

Logo