महामारीमा निजी क्षेत्रः व्यवसायीहरूद्वारा सरकारलाई १० करोडसम्म सहयोग, कसले कति गरे?

महामारीमा निजी क्षेत्रः व्यवसायीहरूद्वारा सरकारलाई १० करोडसम्म सहयोग, कसले कति गरे?

केन्द्रबिन्दु
0
Shares

विगत साढे एक महिनादेखि कोरोना संक्रमण दोस्रो लहरले विश्व आक्रान्त बनाएको छ। नेपाल सरकारले पनि यसको रोकथाम तथा नियन्त्रणका लागि एक महिनादेखि मुलुकभर निषेधाज्ञा जारी राखेको छ। कोरोनाको पहिलो लहरभन्दा यो दोस्रो लहरले जोखिम बढाएको छ। अहिले पनि भयावहकै स्थिति रहेको छ। 

सरकारले नियन्त्रण गर्न खोजे पनि सकिरहेको छैन। अहिले संक्रमणदर केही कम भए पनि निषेधाज्ञाको सुरुवातमा अस्पतालहरुमा वेड, अक्सिजन, आईसियु, भेन्टिलेटरसमेत हाहाकारको स्थिति सिर्जना भएको थियो । कति कोरोना संक्रमितले अस्पतालमा वेड, अक्सिजन, आईसियु नपाएर अकालमै ज्यान गुमाएका छन्। 

यस्तो अवस्था हुँदा कोभिडको पहिलो लहरमा सरकारलाई खुलेर सहयोग गरेको निजी क्षेत्र एक हप्ता मौन बसे पनि पछिल्लो समय खुलेर सहयोग जुटाउन थालेको छ। नेपालका पुराना व्यापारिक घराना, व्यवसायी र निजी क्षेत्रका संस्थाहरु महामारी नियन्त्रण गर्न तथा अभाव भएका स्वास्थ्य सामाग्री सरकारलाई सहयोग गर्न तथा संस्थागतरुपमा विरामीहरु राख्न आइसोलेसन सेन्टर बनाउन अग्रसर भएका छन्। 

अक्सिजन सिलिन्डर तथा अक्सिजन प्लान्ट निर्माणका लागि विभिन्न देशबाट उद्योगी व्यवसायीहरु आफ्नो क्षमता अनुसार नेपाल ल्याएर सहयोग गर्न जुटिरहेका छन् ।

यसरी निजीक्षेत्रले संस्थागत तथा व्यक्तिगतरुपमा नै सरकारलाई महामारी नियन्त्रणका लागि आर्थिक तथा संस्थागतरुपमा विभिन्न क्षेत्रमा आईसोलेशन सेन्टर निर्माण, विभिन्न स्वास्थ्य उपकरण भेन्टिलेटर, अक्सिजन सिलिन्डर, अक्सिजन प्लान्टको स्थापना लगायतमा उद्योगी व्यवसायीहरुले महामारी नियन्त्रणमा मल्हम लगाउनका लागि जुटिरहेका छन्। कसको कति र के सहयोग ?:

बिनोद चौधरी, चौधरी ग्रुप

नेपालका एक मात्र अर्बपति बिनोद चौधरी अध्यक्ष रहेको चौधरी ग्रुपले अघिल्लो वर्षको लकडाउनमा जस्तै यो कोरोनाको दोस्रो लहरमा पनि संक्रमण नियन्त्रणका लागि आर्थिक तथा भौतिक सहयोग गरिरहेको छ । चौधरी ग्रुप अन्तर्गतको चौधरी फाउण्डेशनले यो महामारीमा अक्सिजन प्लान्ट निर्माणदेखि भेन्टिलेटरसम्म गरेर १० करोड रुपैयाँसम्म खर्च गर्दैछ।  

धनगढी र सुर्खेतमा अक्सिजन प्लान्ट स्थापना गर्ने तयारीमा रहेको  फाउण्डेसनले जनाएको  छ। त्यस्तै, चौधरी फाउण्डेशनले नविल बैंकसँगको सहकार्यमा वीर अस्पतालमा १८ शैयाको अत्याधुनिक आईसीयू वार्ड बनाइरहेको छ। वीर अस्पताल, धनगढी र सुर्खेतमा स्थापना हुने अक्सिजन प्लान्टको क्षमता ५० क्युबिक लिटर/प्रतिघण्टा रहनेछ । एकदिनमा ४० लिटर क्षमताका १५० सिलिण्डरमा अक्सिजन भर्न सकिने बताइएको छ।

धनगढी र सुर्खेतमा अक्सिजन प्लान्ट स्थापना गर्ने तयारीमा रहेको  फाउण्डेसनले जनाएको  छ। त्यस्तै, चौधरी फाउण्डेशनले नविल बैंकसँगको सहकार्यमा वीर अस्पतालमा १८ शैयाको अत्याधुनिक आईसीयू वार्ड बनाइरहेको छ।

त्यस्तै, कोभिड–१९ को दोस्रो लहरका कारण उत्पन्न यो स्वास्थ्य संकटमा प्रभावकारी योगदान पुर्याउन चौधरी फाउण्डेसनले नेपालको स्वास्थ्य प्रणालीमा दीर्घकालीन महत्व राख्ने केही परियोजनाहरूमा समेत काम गरिरहेको जनाएको छ । त्यसैगरी सुदूरपश्चिम प्रदेशको धनगढी नगरपालिका र कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेत नगरपालिकामा एक–एक वटा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ। 

आपतकालीन स्वास्थ्य व्यवस्थापनका लागि करिब १० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। चौधरी फाउण्डेसनका अध्यक्ष एवं प्रतिनिधिसभाका पूर्वसदस्य विनोद चौधरीले कोरोना महामारीले देशभरका नागरिकलाई आक्रान्त बनाएको र यसका नियन्त्रणका लागि आपतकालीन स्वास्थ्य व्यवस्थापन अत्यन्तै जरुरी देखिएकाले फाउण्डेसनले एकीकृत योजना अगाडि सारेको बताउदै आएका छन्। 

चौधरी फाउन्डेसनले गत वर्ष कोरोना महामारीको पहिलो लहरका बेला आपतकालीन सहयोग कार्यक्रम अन्तर्गत देशभरका २ सयभन्दा बढी स्वास्थ्य केन्द्रमा पिपिई, स्यानिटाइजर, मास्क उपलब्ध गराएको थियो। साथै विभिन्न अस्पतालहरुलाई भेन्टिलेटरसहित आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराइएको थियो।

शेखर गोल्छा,गोल्छा अर्गनाईजेशन
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका शेखर गोल्छाले गोल्छा अर्गनाईजेशनबाट महामारी नियन्त्रण गर्न आर्थिक सहयोग गरेका छन् । गोल्छा यस अर्गनाईजेशनका कार्यकारी निर्देशकसमेत हुन् । उनले कोरोना दोस्रो लहरले आक्रान्त बनाएपछि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अक्सिजन प्लान्ट जडान गर्न तथा अन्य आवश्यक स्वास्थ्य उपकरण किन्नका लागि १ करोड रुपैयाँ सहयोग गरिसकेका छन् ।  

सिंगापुरको टेमासेक फाउण्डेशनबाट अनुदानमा प्राप्त १० हजार पीसीआर फर्टिच्युड किट प्लेन चार्टर्ड गरेर ल्याएर सरकारलाई दिएको छ । त्यस्तै, गोल्छा अर्गनाईजेशनले आफ्ना विभिन्न कम्पनीमार्फत विभिन्न स्थानमा छुट्टाछुट्टै सहयोग पनि गरिरहेको जनाएको छ। 

विजयकुमार शाह, जावलाखेल ग्रुप अफ इन्डन्ट्रिज

पछिल्लो दुई हप्तामा कोभिड १९ प्रभावित लक्षित समूहलाई आवश्यक पर्ने अक्सिजन, भेन्टिलेटर, आईसीयू लगायत अन्य स्वास्थ्य सामाग्री खरिदका लागि जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजले दुई करोड रुपैयाँ अनुदान स्वरुप सहयोग  प्रदान गरेको छ।

दोस्रो लहर सुरु भएपछि अक्सिजन प्लान्ट र आईसीयू विस्तारका लागि धुलिखेल अस्पताललाई एक करोड पैत्तीस लाखको सहयोग गरिएको थियो। 

त्यस्तै नेपालको विभिन्न प्रदेशहरुमा सामुदायिक समूहको प्रयासका लागि सहयोगस्वरुप र पचहत्तर लाखसमेत प्रदान  गरिएको छ। सामूदायिक अस्पतालको स्वास्थ्य सेवालाई विस्तार गर्न तथा देशका विभिन्न प्रदेशमा स्थानिय सामूदायिक संस्थाको अग्रसरतामा यी सहयोग भएका हुन्। 

नेपाल भेन्टिलेटर सर्भिसलाई हाइफ्लो क्यानुलास (नन इन्भेन्सिभ) भेन्टिलेटर खरिद गर्न सहयोग गरिएको छ। वीरगंज महानगरपालिकामार्फत वीरगञ्ज, पर्सामा अस्थायी कोभिड अस्पताल सञ्चालनको लागि सहयोग भएको छ।

त्यस्तै, ललितपुर महानगरपालिका र ज्यापु समाजको सहयोगमा ललितपुरका रोटरी क्लबहरुमार्फत संचालित आइसोलेसन सेन्टरका लागि उपकरण र सामाग्री खरिद गरेको छ।

विराटनगर, मोरङमा अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालनको लागि रोटरी क्लब अफ विराटनगर युनिकलाई सहयोग गरिएको छ। रोटरी क्लब अफ विर्तामोडलाई झापामा अक्सिजन बैंक संचालन गर्न सहयोग गरेको छ। रोटरी क्लब अफ धनगढीलाई कैलालीमा अक्सिजन बैंक संचालन गर्न सहयोग गरेको छ।

त्यस्तै, आर्थिक मात्रै नभएर देशभरि आफ्नो ग्राहक तथा स्थानिय समुदायको लागि पाँच लाख फेस मास्क वितरण गरेको कम्पनीले जनाएको छ।

जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका अध्यक्ष विजयकुमार शाहले समुदायलाई आवश्यक परेको बेला सहयोग गर्ने बताए। उनले आफ्नो ब्यक्तिगत क्षमतामा खाँचो परेका र बञ्चित समुदायलाई वर्षेनी लाखौं रुपैयाँ सहयोग गर्दै आएका छन्। शाह नेपालको सबैभन्दा बढी कर तिर्ने ब्यक्तिगत करदाता पनि पनि हुन्।

दीपक मल्होत्रा, आइएमएस ग्रुप
नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष तथा आइएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्राले पनि यो महामारीका समयमा सरकारलाई सहयोग गरेका छन् । उनले आइएमएस गु्रपमार्फत अक्सिजन सिलिण्डरको अभाव भएपछि चीनबाट सिलिण्डर ल्याएर २ हजार २५० थान सिलिण्डर सरकारलाई सहयोग गरेका छन् । 

त्यस्तै, डी.एम. फाउण्डेशनमार्फत सामाजिक काम गर्दै आएका मल्होत्राले चीनबाट अर्डर गरेर ल्याएका अक्सिजन सिलिण्डर केही अस्पताललाई निःशुल्क वितरण गरेका छन्। यसरी उनले यो महामारीमा आइएमई फाउण्डेसनद्वारा तीन करोड बराबरको स्वास्थ्य उपकरण सहयोग गरेको बताएका छन्।

चन्द्रप्रसाद ढकाल,आइएमई ग्रुप
आइएमई फाउण्डेसनका संरक्षक तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमई फाउण्डेसनमार्फत् कोभिड–१९ को रोकथाम तथा उपचारका लागि करिब तीन करोड रुपैयाँ मूल्य बराबरको स्वास्थ्य उपकरण नेपाल सरकारलाई सहयोग गरेको छ। 

फाउन्डेसनले गण्डकी प्रादेशिक अस्पताल, पोखरा, लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल, सेती प्रादेशिक अस्पताल, धनगढी र निजामती कर्मचारी अस्पताल (सिभिल), मीनभवन, काठमाडौंलाई ८० थान अक्सिजन कन्सन्ट्रेटर (हरेकलाई २० थान) सहयोग गरेको छ। 

मंगलबार स्वास्थ्य मन्त्रालयलाई  स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई ८० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका छन्। फाउन्डेसनले गण्डकी प्रादेशिक अस्पताल, पोखरा, लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल, सेती प्रादेशिक अस्पताल, धनगढी र निजामती कर्मचारी अस्पताल (सिभिल), मीनभवन, काठमाडौंलाई ८० थान अक्सिजन कन्सन्ट्रेटर (हरेकलाई २० थान) सहयोग गरेको छ। 

त्यस्तै, फाउण्डेसनले समुदायद्वारा सञ्चालित आइसोलेसन सेन्टरहरूलाई १५ वटा अक्सिजन कन्सन्ट्रेटरसमेत सहयोग गरेको छ । त्यस्तै फाउण्डेसनले शुक्रराज सरुवारोग अस्पताल, टेकुमा करिब १ करोड २८ लाख बराबरको अक्सिजन प्लान्ट स्थापनाको लागि पनि प्लान्ट अर्डर गरिसकेको छ।  

ज्योति गुप्रद्वारा कोभिड राहतमा २ करोडको सहयोग
नेपाली उद्योग क्षेत्रको चिरपरिचित नाम ज्योति ग्रुप अन्तर्गत रहेका स्याकार ट्रेडिङ्ग कम्पनि प्रा.लि. र भाजुरत्न ट्रेडिङ्ग कम्पनि प्रा.लिले कोभिड महामारीको यस कठिन परिस्थितिमा एक जुट भई लड्नका लागि विभिन्न क्षेत्रमा करिब २ करोड रकम सहयोगस्वरुप प्रदान गरेको छ। 

सहयोगका क्रममा ज्योति ग्रुपले नेपाल उद्योग वाणिज्य महासंघको राहत कोषमा रु. १० लाख राहत रकम प्रदान गरेको छ। सहयोगकै क्रममा Creasion Nepal लाई रु. ५ लाख २२ हजार बराबरको २५ थान अक्सिजन सिलिण्डर, आछाम अस्पताललाई रु. ७ लाख ७० हजार बराबरको ५ थान अक्सिजन कन्सन्ट्रेटरस् र हेल्थी नेशन फाउण्डेशनलाई रु. ७ लाख ७० हजार बराबरको ५ थान अक्सिजन कन्सन्ट्रेटरस् सहयोग उपलब्ध गराइएको छ। 

यसका साथै गंगालाल अस्पताललाई ५ लाखको PAPR  सुट प्रदान गरेको छ । जर्मन अक्सिजन प्लान्टका लागि NBI (National Business Initiative) लाई १५ लाख र त्रि.वि. शिक्षण अस्पतालमा जडान गरिने फ्रान्सेली अक्सिजन उत्पादन कम्पनि NOVAIR को अक्सिजन प्लान्टलाई फ्रान्सबाट नेपाल ल्याउनका लागि एअर कार्गोसहित कुल रु. १ करोड २१ लाख रकम सहयोग उपलब्ध गराएको छ । त्रि.वि. शिक्षण अस्पतालमा जडान गरिने उक्त अक्सिजन जेनेरेटरहरूले ५० बेडलाई पर्याप्त हुने गरी प्रति मिनेट २५० लिटर अक्सिजन उत्पादन गर्ने क्षमता राख्दछ। 

नेपाली उद्योग क्षेत्रको चिरपरिचित नाम ज्योति ग्रुप अन्तर्गत रहेका स्याकार ट्रेडिङ्ग कम्पनि प्रा.लि. र भाजुरत्न ट्रेडिङ्ग कम्पनि प्रा.लिले कोभिड महामारीको यस कठिन परिस्थितिमा एक जुट भई लड्नका लागि विभिन्न क्षेत्रमा करिब २ करोड रकम सहयोगस्वरुप प्रदान गरेको छ। 

यस्तै ग्रुपको सहकार्यमा अक्सिजन फर नेपालले फ्रान्सबाट एयर कार्गोमार्फत् १० वटा अक्सिजन जेनेरेटर ल्याएर सरकारलाई सहयोग गर्ने भएको छ। 

अमेरिका नेपाल फाउण्डेशन (युएसए), बतास फाउण्डेशन, क्रिएजन, ह्युम्यानिटी फाउण्डेशन नेपाल, जगदम्बा स्टिल, मिसन रिब्युल्ड नेपाल र ज्योति ग्रुपको स्याकार ट्रेडिङ कम्पनि गरी ७ वटा सामाजिक तथा निजी क्षेत्रका संघ/संस्थाहरुको संयुक्त प्रयासका रूपमा अक्सिजन फर नेपाल अभियान सुरु गरेर त्यसै अन्तर्गत १० वटा अक्सिजन जेनेरेटर सरकारलाई सहयोग गर्ने भएका हुन्। 

उनीहरुले ल्याउन लागिएको अक्सिजन जेनेरेटरमध्ये हरेकले २४ घण्टामा ५० बेड र १५ सिलिण्डरलाई पुग्ने अक्सिजन उत्पादन गर्न सक्छ। एक अक्सिजन जेनेरेटरको मूल्य १ लाख ५ हजार अमेरिकी डलर रहेको छ।

ज्योति गु्रपका निर्देशक सौरभ ज्योतिले ‘सिलिन्डर भए पनि प्लान्टको अभाव भएकाले १० वटा प्लान्ट पनि पर्याप्त नहुने भन्दै थप गर्दै  जाने बताएका छन्। 
 
निजी क्षेत्र हरेक संकटमा अगाडि 
कोरोना महामारीमा मात्रै नभएर मुलुकमा आइपर्ने हरेक विपत्ति वा संकटमा निजी क्षेत्र अग्रस्थानमा नै रहेको निजी क्षेत्रको धारणा छ। 

कोरोना महामारीको पहिलो चरणमा जस्तै दोस्रो चरण नभएकाले बाहिर निस्कन जोखिम रहेकाले निजी क्षेत्रका संस्था, व्यवसायी र व्यवसायिक घरानाहरु डराएका थिए। तर निषेधाज्ञा जारीपछि अस्पतालहरु संक्रमितहरुले भरिएर वेड अभाव तथा अक्सिजनको हाहाकार भएपछि निजी क्षेत्र महामारीमा सरकारलाई राहत दिने गरि अगाडि बढेर अन्य व्यवसायीक गतिविधि छाडेर मानवको जीवन जोगाउन लागि परेको छ।

पहिलो चरणमा सरकारलाई नगद र जनतालाई राहत वितरणमा निजी क्षेत्र नै लागेको थियो । सरकारले आह्वान गरेको कोषमा निजी क्षेत्रले करोडौं जम्मा गरेको थियो। अहिले पनि विभिन्न व्यवसायिक घराना र निजी क्षेत्रको संस्थाहरुले आफ्नोतर्फबाट सहयोग र राहत दिइरहेको नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष शेखर गोल्छा बताउँछन्। 

व्यवसायीहरुले यो महामारीमा आपूर्ति र वितरणमा समन्वय गरी बजारमा कुनै पनि वस्तुको अभाव हुन नदिई नाफामुखी भन्दा पनि सेवाको भाव राखेर महामारीमा सहयोग पनि निजी क्षेत्रले गरेको बताए ।

त्यस्तै, महासंघकै वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पनि महामारीमा निजी क्षेत्र पनि सरकारसँगै रहेको बताएका छन् । उनले नेपाल उद्योग वाणिज्य महासंघले छत्रपाटी अस्पतालमा आसोलेसन सेन्टर निर्माणदेखि सरकारलाई संस्थागतरुपमा सहयोग गर्दै आएको बताए । 

उनले निजी क्षेत्रले अक्सिजन अभाव भएपछि जिल्लामा अक्सिजन प्लान्टदेखि सिलिण्डरहरुमा सहयोग गरिरहेको तथा देशभर रहेको उद्योग बाणिज्य महासंघका शाखाहरुले स्थानीयरुपमा राम्रो समन्वय र सहयोग पुर्याइरहेको बताए ।

नेपाल उद्योग बाणिज्य महासंघले काठमाडौंको तीन ठाउँमा आइसोलेसन सेन्टर स्थापना गरेको छ। एक सयभन्दा बढी बेडसहित महासंघले अक्सिजनरहित आइसोलेसन सेन्टर स्थापना गरेको हो।

त्यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिसकुमार मोरले कोरोनाको यो दोस्रो लहर अत्यन्तै जोखिमयुक्त भएकाले विभिन्न सावधानी अपनाएर निजी क्षेत्रले सरकारलाई सहयोग गरिरहेको बताएका छन्। 

सरकारलाई महामारीसँग जुध्न आवश्यक पर्ने स्वास्थ्य सामाग्री तथा आर्थिक सहयोगसमेत निजी क्षेत्रले गर्दै आएको छ । यो महामारी नियन्त्रण गर्न सबैले मिलेर लड्यौं भने मात्रै सकिन्छ। सरकारको मात्रै मुख ताकेर बस्न नहुने भन्दै निजी क्षेत्र पनि अगाडि नै रहेको उनी बताउँछन्। 

निजी क्षेत्रका संस्थाहरुबाट पनि सहयोग
व्यवसायीहरुले व्यक्तिगतरुपमा सहयोग पुर्याइरहे पनि उनीहरु आबद्ध संस्थाहरुबाट पनि सामूहिक सहयोग निरन्तर भइरहेको छ । 

नेपाल उद्योग बाणिज्य महासंघले काठमाडौंको तीन ठाउँमा आइसोलेसन सेन्टर स्थापना गरेको छ। एक सयभन्दा बढी बेडसहित महासंघले अक्सिजनरहित आइसोलेसन सेन्टर स्थापना गरेको हो। ‘एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अभियान’ अन्तर्गत विभिन्न गतिविधीहरु गरेको छ । महासंघले वैशाख २६ गतेदेखि यस्तो अभियान थालेको हो । त्यस्तै भाइबरबाट डक्टरसँग परामर्श लिन सकिने सेवा पनि महासंघले सुरु गरेको छ ।  

त्यस्तै नेपाल उद्योग परिसंघले ८ लिटर क्षमताको २०० थान अक्सिजन कन्सन्ट्रेटर सरकारलाई हस्तान्तरण गरिसकेको छ । परिसंघको सदस्य संस्था होङ्सी–शिवम् सिमेन्टमार्फत सरकारलाई उपलब्ध गराएको हो। परिसंघले उपलब्ध गराएको सामग्रीको बजार मूल्य करिब २ करोड रहेको छ ।  

नेपाल चेम्बर अफ कमर्शले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। आपतकालिन स्वास्थ्य प्रयोजनका लागि भनेर चेम्बरले एम्बुलेन्स सेवा उपलब्ध गराएको जनाएको छ। त्यस्तै चेम्बरले काठमाडौंको नेपाल प्रहरी अस्पताल, कान्ति बाल अस्पताल, परोपकार मातृ तथा बाल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, छत्रपाटी निःशुल्क अस्पतालमा अत्यावश्यक स्वास्थ्य सामग्री वितरण गरेको छ। 

Logo