हिमालयबाट बग्ने नदीहरूले १० वर्षमा २८ वटा नयाँ टापु बनाए

हिमालयबाट बग्ने नदीहरूले १० वर्षमा २८ वटा नयाँ टापु बनाए

केन्द्रबिन्दु
0
Shares

सिंगापुरको ‘द स्ट्रेट्स टाइम्स’ मा २०१७ मा प्रकाशित एक समाचारका अनुसार हिमालयबाट बग्ने नदीहरूले मात्रै प्रतिवर्ष १ अर्ब टन ढुङ्गा, बालुवा, गिट्टि आदि बगाएर बङ्गालको खाडिमा पुर्याउने गर्छन्। त्यसकै फलस्वरूप सन् २००७ र २०१७ का बीच बङ्गालको खाडिमा २९ वटा नयाँ टापुहरू बने जसको क्षेत्रफल जोड्दा जम्मा ५०७ वर्ग किलोमिटर हुन पुग्छ। तुलनात्मक रूपमा हेर्ने हो भने सिंगापुरको क्षेत्रफल ७२० वर्ग किलोमिटर छ। 

सरकारले २०७८/७९ को बजेट वक्तव्यमार्फत् बालुवा, ढुङ्गा, र गिट्टि निर्यात गरेर व्यापारघाटा कम गर्ने योजना सार्वजनिक गरेका कारण पछिल्ला दिनहरूमा ढुङ्गा, बालुवा र गिट्टिको निर्यातको वातावरणीय र आर्थिक पक्षबारे बहस हुँदै आएको छ। वातावरणविद, अभियन्ता र विपक्षी गठबन्धनले सरकारले राम्रो नियतले सो नीति नल्याएको र त्यसले वातावरणमा प्रतिकूल असर पुर्याउने भनी विरोध गर्दै आइरहेका छन्।   

विकास अर्थशास्त्र, वैश्विक अर्थराजनीति र प्राकृतिक श्रोत अर्थशास्त्रका प्राध्यापक भीम भुर्तेल भने नेपालका पहाडहरू सजिलै भूक्षय हुने खालका भएकाले ढुङ्गा, बालुवा र गिट्टि ठूलो मात्रामा बगेर जाने गरेकोमा नेपालले भने त्यसको फाइदा उठाउन नसकेको तर्क गर्छन्। 

भुटानले वार्षिक ३३ अर्ब २१ करोड ७८ लाख ३७ अजार ५०७ नेपाली रूपैयाँ बराबरको ढुङ्गा, बालुवा र गिट्टि निर्यात गरेर व्यापारघाटा कम गर्दै आएको र नेपालको क्षमता त्यसभन्दा बढी रहेकाले सरकारको नीतिको विरोधभन्दा त्यसलाई वातावरणप्रति कम हानीकारक बनाउने र नियमन स्पष्ट बनाउनेबारे बहस हुनुपर्छ भन्ने ठहर भुर्तेलको छ।  

Logo