चुरे संरक्षणको महत्वलाई सरकारले बुझेको छ: अर्थमन्त्री पौडेल

चुरे संरक्षणको महत्वलाई सरकारले बुझेको छ: अर्थमन्त्री पौडेल

केन्द्रबिन्दु
0
Shares

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिद्धबाबाको डाँडाँ नकाटिने बताएका छन्।

बुधबार नेपाल वातावरण पत्रकार समूहले ढुंगा, गिट्टी र वालुवाको निर्यात गर्ने नीति कति जायज भन्ने विषयमा गरेको बहस कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिद्धबाबाको डाँडाँ नकाटिने स्पष्ट पारेका हुन्। 

सिद्धबाबाको डाँडाँ काटेर त्यहाँको यात्रालाई सहज बनाउन आफूलाई सुझावहरु आएको भएपनि आफूले त्यसको विरोध गरेर चुरे संरक्षणको महत्वलाई स्थापित गर्न पहल गरेको उनको भनाइ छ। चुरेको दोहन र उत्खननबाट बचाउनको निम्ति र यात्रालाई सुरक्षित गराउनको निम्ति सुरुङमार्गको निर्माण गरिएको पनि उनले बताए। 

चुरेको दोहन रोक्ने र खानिजजन्य सामग्री त्यहाँबाट नहटाउने मान्यताका साथ सुरुङमार्ग निर्माण भएको मन्त्री पौडेलले बताए । 

अर्थमन्त्री पौडेलले बजेट वक्तव्यको बुँदा नं. १९९ मा कहिँ कतै पनि चुरेबारे उल्लेख नगरिएको भन्दै अनावश्यकरुपमा विवाद निकालिएको बताए। सरकारले चुरे क्षेत्रमा कुनै पनि प्रकारको हस्तक्षेप गर्न नदिने बताए। चुरेको संरक्षण गर्ने सरकारको अभिभारा रहेको भन्दै उनले चुरे क्षेत्रबाट केही पनि उत्खनन् तथा निकासी नगर्ने बताए। 

उनले गैरकानुनीरुपले चुरेको उत्खनन् गर्ने वा वातावरणमा प्रतिकूल प्रभाव हुनेगरी उत्खनन् गर्ने र प्राकृतिक सम्पदाको दोहन गर्ने कार्य गर्नेलाई कडा कारबाही गरिने पनि बताए। चुरे दोहनलाई कडाइका साथ नियन्त्रण गरिने उनको भनाइ छ।

Skip This
Skip This
Logo