सिभिल बैंकको सिइओमा पोखरेल नियुक्त

सिभिल बैंकको सिइओमा पोखरेल नियुक्त

केन्द्रबिन्दु
0
Shares

सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सुनिलकुमार पोखरेल नियुक्त भएका छन्। बिहीबार बसेको बैंकको ३४५औँ सञ्चालक समितिको बैठकले चार वर्षका लागि पोखरेललाई सिइओमा नियुक्त गरेको हो।

गत वैशाख १८ गते बैंकका तत्कालीन सिइओ गोविन्द गुरुङले राजीनामा दिएपछि डेपुटी सिइओ रहेका पोखरेल नियुक्त भएका हुन्। उनले २०७६ साल जेठ २ गतेदेखि सिभिल बैंकको डेपुटी सिइओमा नियुक्ति लिएका थिए।  

सञ्चालक समितिले आगामी असार १८ गतेदेखि लागू हुने गरी पोखरेललाई प्रमुख कार्यकारी नियुक्त गरेको हो। सन् १९९१ देखि बैंकिङ सेवामा प्रवेश गरेका पोखरेलसँग एनआइसी, नबिल, स्ट्यान्डर्ड चाटर्ड बैंक हुँदै म्यान्माको एशियन ग्रिन डेभलपमेन्ट बैंकमा काम गरेको अनुभव छ।

स्वदेशी तथा विदेशी बैंकमा लामो समय काम गरेको अनुभव रहेका कारण उनलाई धेरैले विदेशी बैंकिङसम्बन्धी राम्रो ज्ञान  भएको बैङ्करका रुपमा लिने गरेका छन्। उनीसँग विदेशी बैंकमा तीन वर्ष काम गरेको अनुभव छ।

Skip This
Skip This
Logo