ताप्लेजुङका २९ आयोजनामा बजेट विनियोजन, कुन आयोजनालाई कति?

ताप्लेजुङका २९ आयोजनामा बजेट विनियोजन, कुन आयोजनालाई कति?

केन्द्रबिन्दु
0
Shares

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत आगामी आर्थिक वर्ष २०७८/७९  योजनामा ताप्लेजुङका २९ वटा आयोजना समेटिएको छ। छनोट भएका आयोजनाहरुमा मन्त्रालयले आवश्यक बजेट समेत विनियोजन गरेको छ। 

नागरिक उडड्यन प्राधिकरणमार्फत सुकेटार विमानस्थल जग्गा अधिग्रहणको लागि रु पाँच करोड बजेट विनियोजन गरेको छ। सुकेटार विमानस्थललाई विस्तार गर्न सो बजेट विनियोजन मन्त्रालयले नियोजन गरेको हो। पर्यटन विभागमार्फत मिक्वाखोलास्थित माङ्गेना याक विशेष पर्यटन ग्राम निर्माण गर्न आवश्यक बजेट विनियोजन गरेको विभागले जनाएको छ। पाथिभरा क्षेत्रमा पर्यटकीय विश्रामस्थल, उद्धार केन्द्र निर्माण गर्न क्रमागत बजेट रु एक करोड ५० लाख विनियोजन भएको छ । त्यस्तै किरात धर्मालम्बीहरुको पवित्र स्थल फक्ताङ्लुङ क्षेत्र पूर्वाधार निर्माण रु एक करोड विनियोजन भएको विभागले जनाएको छ।

 पुरातत्व विभागमार्फत फुङलिङ-३ को मुक्तेश्वरनाथ मन्दिर संरक्षण तथा सम्बद्र्धन गर्न रु १० लाख विनियोजन भएको छ। शिवालय मन्दिर संरक्षण तथा सम्बद्र्धनका लागि आठराई त्रिववेणी गाँउपालिकालाई रु १० लाख विनियोजन भएको छ । यसैगरी विभागले मैवाखोला-२ को साङगेछयोलिङ गुम्बा मर्मतका लागि रु १० लाख, फक्ताङालुङ-६ को दिकिछ्योलिङ गुम्बा निर्माण तथा मर्मतसम्भार गर्न रु एक करोड विनियोजन गरेको छ। 

त्यस्तै पाथीभरा मन्दिर परिसर सत्तल र परिसर संरक्षण लागि रु ५० लाख विनियोजन र फुङलिङ-६ को पन्चकन्या सेतिदेवी मन्दिर रु २० लाख विनियोजन भएको विभागले जनाएको  छ ।  चारपाटे ढुङगा तथा शिवालय क्षेत्र संरक्षण गर्न रु १० लाख, मैवाखोला-५ स्थित ङिमा ङयायुरगुम्बा संरक्षण तथा सम्बद्र्धन गर्न रु १० लाख,  मैवाखोला-२ कालिदेवी मन्दिर संरक्षण तथा पूर्वाधार गर्न रु १० लाख, मैवाखोला-१ को सिंहदेवी नागपोखरी संरक्षण तथा सम्बद्र्धन रु.१५ लाख र आठराई त्रिवेणी-१ को पेमदावा छ्योलिङ साङ गुम्बाका लागि रु १० लाख विनियोजन भएको विभागले जनाएको छ।   

यसैगरी विभागका अनुसार आठराई त्रिवेणी-५ स्थित ङाग्युर छेदेनलिङ गुम्बाका लागि रु १० लाख, सिरिजङ्घा-२ को हरिजित सत्य धर्म मन्दिर संरक्षण गर्न रु १० लाख, सिनाम सानो पाथिभरा भ्यु टावर निर्माण गर्न रु १० लाख र सुकुम्मा तुम्बायक धारा संरक्षण तथा सम्बद्र्धनका लागि रु १० लाख विनियोजन गरिएको छ। मैवाखोला-६ को सिन्थेलुङ झरना पर्यटन पुर्वाधारका लागि रु. १७ लाख, होमस्टे प्रर्वद्धन मैवाखोला रु १० लाख, मैवाखोला-२ पिरिङेको फालेलुङ पर्यटन पुर्वाधार गर्न रु १०  लाख र वासाङलुङ पर्यटन पूर्वाधार निर्माण गर्न रु १० लाख विनियोजन भएको छ। 

यस्तै सिरिजङ्घाको मिरिङदेन झरना पर्यटन पूर्वाधार विकास गर्न रु १७ लाख, शान्ति सङ्ग्रहालय भवन निर्माण तथा व्यवस्थापन गर्न रु १५ लाख, नेपाल भाषा तथा संस्कृति समाजको भवन निर्माण गर्न रु १० लाख  र फुङलिङ-११ को ऐतिहासिक शिलालेख संरक्षण तथा पूर्वाधार निर्माण गर्न रु १० लाख विनियोजन भएको छ। फुङलिङ-३ को तिनबरेदेखि इन्डियन वेलफेयरसम्म पदमार्ग निर्माण मा .रु १५ लाख र फुङलिङ-१० मा चुच्चे ढुङ्गा पर्यटन पूर्वाधार निर्माण गर्न रु १५ लाख विनियोजन गरेको पर्यटन मन्त्रालयले जनाएको छ।
 

Logo