नेपाल धितोपत्र बोर्डले मंगलबार ५१ कम्पनीको शेयरमा जोखिम रहेको बताएको दोस्रो दिन बिहीबार पनि कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ। आज नेप्से परिसूचक १.२९ अंकले गिरावट आएर २ हजार ९६८.४३ अंकमा झरेको छ।
आज नेप्से परिसूचकमा मात्रै नभएर सेन्सेटिभ परिसूचकसमेत ०.५३ अंकले घटेर ५४१.१२ मा सिमित भएको छ। कारोबारमा आएका २२३ कम्पनीको २ करोड ३ लाख ६५ हजार ६९९ कित्ता सेयर १० अर्ब ९० करोड ४९ लाख ५८ हजार ९३५ मा खरिद बिक्री भएको छ।
त्यस्तै कारोवार भएका १३ उपसमूह मध्ये लघुवित्त समूहको सेयर सबैभन्दा बढी ६४.७४ ,बैंकिङ १०.६ , व्यापार १४.६७, जलविद्युत् २.९५, उत्पादन ११.८४, सामूहिक लगानी कोष ०.०४ र लगानी ०.२१ अंकले घटेको छ।
तर होटल तथा पर्यटन ३६.६, विकास बैंक ९४.२५, फाइनान्स ३३.६६, निर्जीवन बीमा ५२.९८, अन्य २६.७२, जीवन बीमा १५.०५ ले बढेको छ।
कारोवार भएका मध्ये ९६ कम्पनीको शेयर मूल्य घटेको छ। ८१ कम्पनीको बढेको छ भने ६ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ। कारोवारका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ७७ करोड ३७ लाख ३९ हजार बराबरको कारोवार भएको छ।
यस्तै, नेशनल हाइड्रोपावरको ३० करोड बराबरको कारोवार हुँदा नेपाल इन्स्योरेन्स को २७ करोड ३९ लाख २९ हजार ५३१ र नेपाल पूर्वाधार बैंकको २४ करोड ५४ लाख ५० हजार ७०८ बराबरको कारोवार भएको छ।
आज खानीखोला हाइड्रोपावरको ७.४२ प्रतिशत, नेपाल फाइनान्स ५.६१, कर्णाली डेभलपमेन्ट बैंक ५.२३, सोल्टी होटल ५.१३ र ग्रीन डेभलपमेन्ट बैंकका ५.०४ प्रतिशतले बढेको छ।
त्यस्तै हिजो बढेको सिइडिबि हाइड्रोपावर ६.५५ र अन्य छ्याङदी हाइड्रोपावर ३.५१, ङादी पावर ३.४७, माउण्टेन इनर्जी ३.४२ र हिमालयन पावर पार्टनरका लगानीकर्ताले २.६१ प्रतिशतले घटेको छ।































प्रतिक्रिया