अर्थ मन्त्रालयद्वारा निर्वाचनका लागि ७ अर्ब ७२ करोडको खर्च गर्न सहमति

अर्थ मन्त्रालयद्वारा निर्वाचनका लागि ७ अर्ब ७२ करोडको खर्च गर्न सहमति

केन्द्रबिन्दु
0
Shares

अर्थ मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाखसम्म खर्च गर्ने गरि सहमति प्रदान गरेको छ। 

प्रतिनिधिसभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनका लागि उक्त रकम निर्वाचन सामग्री लगायत अन्य सामग्रीहरु खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुनेछ।

०७८ साल कार्तिक २६ गते शुक्रवार पहिलो चरण र मङ्सिर ३ गते शुक्रवार दोस्रोचरण गरी दुई चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने रकमको कुनै अभाव हुन नदिने गरि अर्थ मन्त्रालयले उक्त सहमति दिएको हो।

Skip This
Skip This
Logo