साताको पहिलो दिन नेप्से परिसूचक ८.४८ अंकले घट्यो

साताको पहिलो दिन नेप्से परिसूचक ८.४८ अंकले घट्यो


अघिल्लो साताभरी गिरावट आएको नेप्से यो साताको पहिलो दिन आइतबार पनि ८.४८ अंकले घटेको छ। नेप्से ८.४८ अंकले घटेर दुई हजार ८ सय ३४ दशमलब ५२ विन्दुमा झरेको छ।  

आइतबार कारोबारमा आएका २२४ कम्पनीको १ करोड ८ लाख ४२ हजार २२१ कित्ता शेयर ५ अर्ब ५ करोड ३५ लाख ३८ हजार २५६ रुपैयाँमा कारोबार भएको छ । यसरी आज ६० वटा कम्पनीको शेयर मूल्य बढ्दा १५३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । साथै १० वटा कम्पनीको शेयर मूल्य स्थिर छ ।

आज नेप्सेका उपसमूहतर्फ होटल तथा पर्यटन सबइन्डेक्सतर्फ २.३६ प्रतिशत र म्यूचुअल फण्ड ०.१ प्रतिशतले बढेको छ भने अन्य उपसमूहमा गिरावट देखिएको छ ।

आज कारोबारमा सबैभन्दा धेरै मूल्य बढ्ने कम्पनीमा ओरियन्टल होटल, सीईडीबी हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स लगायतका कम्पनी छन् । त्यसैगरी सबैभन्दा बढी गिरावट आएका कम्पनीमा पोखरा फाइनान्स, गोर्खाज फाइनान्स, पञ्चकन्या माइ हाइड्रोपावर, रिलायन्स फाइनान्स, जोशी हाइड्रोपावर कम्पनी छन्।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल इन्स्योरेन्स कम्पनीको भएको छ। कम्पनीको आज मात्रै साढे २१ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।  

Logo