एकै दिन ९ सयले बढ्यो सुनको भाउ, कति छ आज ?

एकै दिन ९ सयले बढ्यो सुनको भाउ, कति छ आज ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली बजारमा आज सुनको भाउ बढेको छ । आज सुन ९ सय रुपैयाँले बढेको हो ।

साताको पहिलो दिन आइतबार प्रतितोला २ सय रुपैयाँले बढेको सुन सोमबार ४ सयले घटेको थियो । मंगलबार सुन एकै दिन ८ सयले बढेको थियो । बुधबार सुन ८ सयले नै घटेको सुन विहिबार भने प्रतितोला ९३ हजार ९०० मा कारोबार भएको थियो । शुक्रबार ९ सयले बढ्दै ९४ हजार ८ सयमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज छापावाल सुन ९४ हजार ८०० र तेजाबी सुनको आजको मूल्य ९४ हजार ३ सय कायम गरिएको छ ।

यता चाँदीको भाउ पनि आज बढेको छ । आज चाँदी १५ रुपैयाँले बढ्दै १ हजार १९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो साता पनि सुनको मूल्यमा घटबढ भइरहेको थियो ।

Skip This
Skip This
Logo