युनियन लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ बाँडफाँट गरेको छ। धितोपत्र निश्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले बिहीबार साँझ आईपीओ बाँडफाँट गरेको हो।
कम्पनीकाे आईपीओमा आवेदन गरेका २१ लाख १२ हजार ७ सय ९९ योग्य आवेदक मध्ये ५ लाख ८० हजार ५ सय जनाले न्युनतम १० कित्ता शेयर पाएका छन् ।
असार २४ गते देखि २८ गतेसम्म कम्पनीको ५८ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निश्कासन गरिएको थियो। जसमा कम्पनीको सेयरमा ५.९२ गुणासम्म बढी शेयर माग गर्दै आवेदन परेको थियो।
कुल ६४ लाख ५० हजार कित्ता शेयर मध्ये सामुहिक लगानी कोषलाई ३ लाख २२ हजार ५ सय कित्ता र कर्मचारीलाई ३ लाख २२ हजार ५ सय कित्ता छुट्याइएको थियो ।
कम्पनीको सेयर बाँडफाँटको नतिजा प्रभु क्यापिटलकाे वेवसाइट https://results.prabhucapital.com/, सिडिएससिको वेवसाइट https://iporesult.cdsc.com.np/, युनियन लाइफ इन्स्योरेन्सको वेवसाइट https://iporesult.unionlife.com.np बाट समेत नतिजा प्रकाशित भएपछि हेर्न सकिने छ।





























प्रतिक्रिया