नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनि लिमिटेडले आजदेखि नेपाली बजारमा होण्डा Grazia काे BSVI मोडललाई लन्च गरेको छ।
आकर्षक र स्टाईलिस लुक रहेको यस १२५ सिसि नयाँ BSVI मोडलमा व्यवहारिक फिचरहरु थप गरी पूर्णरुपमा रि–डिफाइन गरिएको छ । १५५ एमएमदेखि १७१ एमएम ग्राउण्ड क्लेरेन्स रहेको यस स्कुटरको स्पिडोमिटरमा माइलेज फिचर उपलब्ध रहेको छ।
यस फिचर अन्तर्गत स्कुटरले दिने रियल टाइम माइलेज, एभरेज माइलेजका साथै डिस्ट्यान्स टू एमप्टि जस्ता जानकारी प्राप्त गर्न सकिनेछ। होण्डाको PGM- FI
(प्रोग्राम फ्यूल इन्जेक्टर) टेक्नोलोजी प्रयोग भएका कारण यस स्कुटरमा बढी माइलेज र पावर रहेको छ।
Grazia को यस नयाँ BSVI DLX मोडलमा जाम भएको समयमा इन्धनको बचत गर्नको लागि Idiling Stop रहेको छ भने नयाँ BSVI STD मोडलमा इन्जिन Start/Stop Switch रहेको छ। यसका साथै यस स्कुटरमा साइड स्ट्याण्ड इन्जिन अफ फिचर, ACG सहितको साइलेन्ट स्टार्ट, ESP टेक्नोलोजीको साथ HET इन्जिन जस्ता अन्य विभिन्न उपयोगी विशेषताहरु रहेको छ।
नेपाली बजारमा Grazia BSVI DRS मोडलको मूल्य रु.२,६९,९०० रहेको र Grazia BSVI DSS मोडलको मूल्य रु.२,८९,९०० रहेको छ।





























प्रतिक्रिया