सुनको भाउ घट्यो, चाँदीको बढ्यो

सुनको भाउ घट्यो, चाँदीको बढ्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली बजारमा आज पनि सुनको भाउ घटेको छ । आज सुन २ सय रुपैयाँले घटेको हो ।

साताको पहिलो दिन आइतबार प्रतितोला २ सय रुपैयाँले बढेको सुन सोमबार ४ सयले घटेको थियो । मंगलबार सुन एकै दिन ८ सयले बढेको थियो । बुधबार सुन ८ सयले नै घटेको सुन आज विहिबार भने प्रतितोला ९३ हजार ९०० मा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज छापावाल सुन ९३ हजार ९०० र तेजाबी सुनको आजको मूल्य ९३ हजार ४ सय कायम गरिएको छ ।

यता चाँदीको भाउ भने आज बढेको छ । आज चाँदी ५ रुपैयाँले बढ्दै १ हजार १८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो साता पनि सुनको मूल्यमा घटबढ भइरहेको थियो ।

Skip This
Skip This
Logo