काठमाडौंबाहिर पनि गुणस्तरीय सेवा विस्तार गर्दै ‘अल्टिमोडिल’

काठमाडौंबाहिर पनि गुणस्तरीय सेवा विस्तार गर्दै ‘अल्टिमोडिल’

केन्द्रबिन्दु
0
Shares

सन् २०१७ मा काठमाडौं उपत्यकामा अनलाइन माध्यमबाट सामान बिक्री गर्ने उद्देश्यले सुरु भएको ‘अल्टिमोडिल’ ले मुलुकभर सामान ‘डेलिभरी’ गर्ने भएको छ। विभिन्न फिचर भएको एपको माध्यमबाट अर्डर लिई ‘अल्टिमोडिल’ले मुलुकभर ‘डेलिभरी’ दिने भएको हो।

काठमाडौं उपत्यकाभित्र ४८ घन्टाभित्र सामान डेलभरी गर्ने ‘अल्टिमोडिल’ले ‘एक्सप्रेस डेलिभरी’ मार्फत् ३ देखि ८ घन्टाभित्र सामान डेलभरी गर्न सक्छ।  

सानो कोठामा दुईजना कर्मचारीबाट सुरु भएको ‘अल्टिमोडिल’ मा अहिले ३० जना कर्मचारी रहेका छन्। फेसबुक पेजमार्फत् अविश्वसनीय ढंगले सामान बिक्री गर्नेहरूको भीडमा विश्वसनीय इ–कमर्स प्लेटफर्मका रूपमा आफूलाई उभ्याउन सकेकाले सफलता मिलेको कम्पनीको ठम्याइ छ।   

‘अल्टिमोडिल’का अपरेसन चिफ प्रशिल न्यौपाने भन्छन्, ‘नेपालभर जहाँसुकै सेवा पु¥याउने चाहना थियो। त्यो पूरा हुने भयो। इ–कमर्सको मुख्य पक्ष नै प्रभावकारी आपूर्ति प्रणाली हो।’ 

आपूर्ति प्रणालीलाई प्रभावकारी बनाउन ‘अल्टिमोडिल’ले अर्डर अनुसार सामान कहाँ पुग्यो भनेर ट्र्याक गर्ने गर्छ। साथै डेलिभरी दिन खटिएका व्यक्ति कहाँ पुगे भन्ने जानकारी पनि ‘अल्टिमोडिल’बाट सामान खरिद गर्ने ग्राहकले पाउँछन्। 

Logo