विद्युत प्राधिकरणमा फेरि कुलमानलाई ल्याउने सरकारको तयारी (भिडियोसहित)

विद्युत प्राधिकरणमा फेरि कुलमानलाई ल्याउने सरकारको तयारी (भिडियोसहित)


हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिएका छन्। मंगलबार ऊर्जामन्त्री पम्फा भुसालले प्रधानमन्त्री देउवालाई भेटेर अहिलेका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै ब्रिफिङ गरेकी थिइन्। ४ वर्षे कार्यकालपछि प्राधिकरणबाट कुलमानको विदाईसँगै २०७७ माघ २७ गते शाक्य नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए।

मन्त्री बालकृष्ण खाण जयसिंह धामी बेपत्ता भएको दार्चुला तुइन घटनामा एसएसबीको संलग्नताबारे मौन बसेपछि एमाले सांसदहरूले प्रश्न उठाएका छन्। गृहमन्त्रीले यस घटनाबारे संसदमा दिएको जानकारी गैरजिम्मेवारपूर्ण रहेको आरोप उनीहरूले लगाएका छन्। घटनामा गृहमन्त्रीको प्रस्तुति घुमाउरो र हलुका भएकाले यो घटना नेपालीहरूको स्वाभिमानविपरीत भएको पनि सांसदहरूको भनाइ छ। 

नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदनमै असहमति जनाएको छ। मंगलबार बसेको वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, अर्जुननरसिंह केसी, शेखर कोइराला, डा. रामशरण महत र बलबहादुर केसीको बैठकले रमेश लेखक नेतृत्वको समितिले बुझाएकोप्रतिवेदनमै असहमति जनाएको हो। क्रियाशील सदस्यताका सम्बन्धमा सभापति देउवाले पार्टी नै कब्जा गर्न खोजेको पौडेल पक्षको निष्कर्ष रहेको छ।

नेपालमा कोरोना भाइरस संक्रमितको ग्राफ फेरि उकालो लाग्दै जाँदा अस्पतालमा बेड संख्या भरिँदै गएका छन्। यसरी अस्पतालमा संक्रमितको चाप बढ्दै जाँदा पुनः सरकारले निषेधाका बारेमा सोच्नु पर्ने बेलाआएको जनस्वास्थ्य विज्ञहरूको सुझाव दिन थालेका छन्। नेपालमा पछिल्लो २४ घन्टामा मात्रै ३ हजार ३ सय ८३ जना संक्रमित थपिएका छन्। तर, निको हुनेको संख्या भने २ हजार भन्दा कम छ। यस्तो अवस्थाले संक्रमितको ग्राफ बढ्दै गएको हो। निषेधाज्ञा खुकुलो हुँदै जाँदा सर्वसाधारणले सावधानी नअपाउनाले समस्या बढ्दै गएको हो। अहिलेको अवस्थामा अहिलेसम्म संक्रमित नभएका र खोप नलगाएकाहरू कोरोना संक्रमणको समूह उच्च जोखिममा रहेको संक्रामक रोग विशेषज्ञको भनाइ छ। 

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले आफ्नो दुई दशक लामो अन्तर्राष्ट्रिय खेल जीवन टुङ्ग्याउने घोषणा गरेका छन्। सन् २००४ मा युवा टोलीमा प्रवेश गरेका खड्काले मंगलबार अन्तर्राष्ट्रिय खेलजीवनबाट सन्यासको घोषणा गरेका हुन्। पारसले अब क्रिकेट व्यवस्थापनका क्षेत्रमा रहेर काम गर्ने चासो पनि राखेका छन्।

Logo