काठमाडौं ।
नेपाली बजारमा आज सुनको भाउ बढेको छ । साताको पहिलो दिन प्रतितोला २ सय रुपैयाँले बढेको सुन सोमबार ४ सयले घटेको थियो । मंगलबार सुन एकै दिन ८ सयले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज छापावाल सुन ९४ हजार ९०० मा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुनको आजको मूल्य ९४ हजार ४ सय कायम गरिएको छ ।
यता चाँदीको भाउ पनि आज बढेको छ । आज चाँदी २० रुपैयाँले बढरदै १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
अघिल्लो साता पनि सुनको मूल्यमा घटबढ भइरहेको थियो ।































प्रतिक्रिया