बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै?

बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै?

केन्द्रबिन्दु
0
Shares

साताको तेस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुन आज २ सयले बढेको हो। 

आइतबार १ हजार ५ सयले घटेको थियो। सोमबार १ हजार रुपैयाँले घटेको थियो। 

गत हप्ता आइतबार ५ सयले घटेको थियो। सोमबार सुन प्रतितोला १ सयले घटेको थियो भने मंगलबार स्थिर रहेको थियो। यस्तै बुधबार सुन ३ सयले घटेको थियो। बिहीबार स्थिर थियो भने शुक्रबार ५ सयले घटेको थियो ।

आज छापावाला सुनको प्रतितोला ८९ हजार २ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ८८ हजार ७५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यता चाँदीको मूल्य भने आज १० रुपैयाँले घटेको छ। चाँदी आज एक हजार २०५ मा कारोबार भइरहेको छ।

Skip This
Skip This
Logo