नेप्से परिसूचकमा नयाँ रेकर्ड, विकास बैंक र फाइनान्स कम्पनीमा लगानीकर्ता आकर्षित

नेप्से परिसूचकमा नयाँ रेकर्ड, विकास बैंक र फाइनान्स कम्पनीमा लगानीकर्ता आकर्षित

केन्द्रबिन्दु
0
Shares

मंगलबार नेप्से परिसूचक शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो समय नेपाली शेयर बजारले निरन्तर रुपमा नयाँ रेकर्ड बनाउदै गएको छ । 

यसैको निरन्तरतासँगै मंगलबार पनि नयाँ रेकर्ड बनाएको छ । आज नेप्से परिसूचक ५२.०६ अंकले बढेर ३ हजार १६१.६५ अंकमा पुगेको छ ।

आज शेयर बजारमा लगानीकर्ता विकास बैंक र फाइनान्स कम्पनीको शेयरमा आकर्षित देखिएको छ । कारोबारमा आएका २२५ कम्पनीको ३ करोड ३५ लाख ३५ हजार २१३ कित्ता शेयर १७ अर्ब ८४ करोड ६१ लाख ४७ हजार २७८ रुपैयाँमा कारोबार भएको छ। 

मंगलबार १६३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ५८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ४ वटा कम्पनीको सेयर मूल्य स्थिर छ । एक दर्जनभन्दा बढी कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । तर आज जलविद्युत र होटल तथा पर्यटन उपसमूहबाहेक सबैमा वृद्धि देखिएको छ ।

सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक ३ हजार १ सय ६१ दशमलव ४४ अंकमा पुगेर नयाँ रेकर्ड कायम भएको हो । नेप्से परिसूचक ५१ दशमलव ८६ अंकले बढेर हालसम्मकै उच्च विन्दु कायम भएको हो ।

Logo