नाडाको वार्षिक साधारण सभा तथा निर्वाचन कार्यक्रम स्थगित

नाडाको वार्षिक साधारण सभा तथा निर्वाचन कार्यक्रम स्थगित

केन्द्रबिन्दु
0
Shares

नाडाको ४५ औं वार्षिक साधारण सभा तथा निर्वाचन कार्यक्रम स्थगित गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै नाडाले यस्तो जनाएको हो। 

गत श्रावण १५ गते बसेको नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको केन्द्रीय कार्य समितिको १३ औं बैठकले नाडाको ४५ औं वार्षिक साधारण सभा तथा २१ औं निर्वाचन आगामी भाद्र २५ गते होटेल सोल्टी मा सम्पन्न गर्ने निर्णय गरेको थियो । 

सो साधारण सभा सम्पन्न गर्नका लागि अनुमति पाउन लिन साउन १९ गते नाडाले काठमाडांै जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेको थियो । तर प्रशासन कार्यालयले कोभिड १९ को संक्रमण दर अझ उच्च हुन गई तेश्रो लहरसमेत आउन सक्ने भन्दै सभा र सम्मेलन आदि गर्न नपाउने भन्दै स्वीकृति दिएन । 

प्रशासनले सार्वजनिक सूचना जारी गरिसकेका नाडाले सो साधारण सभा तथा निर्वाचन स्थगित गरेको जनाएको छ । अर्को कार्यक्रमको मिति भने तय गरिएको छैन।

Logo