बुद्धभूमि नेपाल हाइड्रोपावरकाे आईपीओ निष्काशन आजदेखि खुला

बुद्धभूमि नेपाल हाइड्रोपावरकाे आईपीओ निष्काशन आजदेखि खुला

केन्द्रबिन्दु
0
Shares

बुद्धभूमि नेपाल हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले १२ लाख कित्ता साधारण शेयरमध्ये ४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाका बासिन्दाहरुका लागि निष्काशन गरेको हो।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ। न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

छिटोमा भदौ १४ गते र ढिलोमा भदौ २९ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएकाे छ। आईपीओका लागि ज्योति विकास बैंक, प्रभु बैंक र सिभिल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिने बताइएकाे छ।

Skip This
Skip This
Logo