रक्षा बन्धनका लागि ‘सेलपे’ले ल्यायो आकर्षक अफर

रक्षा बन्धनका लागि ‘सेलपे’ले ल्यायो आकर्षक अफर


नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले आफ्ना ग्राहकहरुका लागि रक्षा बन्धनको उपलक्ष्यमा आकर्षक अफर लिएर आएको छ।

यस योजना अन्तर्गत सेलपेका ग्राहकहरुले CellPay Kart बाट रु. ५००० वा त्यो भन्दा बढीको सामान खरिद गरेमा रु.५०० cash back  पाउनेछन्। यो योजना भदौ १ गतेदेखि भदौ ६ गतेसम्म लागू हुनेछ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो। 

सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईन्टरनेटको महशुल भुक्तानी, ईन्स्योरेन्सको भुक्तानी, शेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानीहरु, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, फोनपे नेटवर्कका करीव ५ लाख मर्चेण्टहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, P2P, P2B, B2P, B2B आदि वास्तविक समयमा गर्न सकिन्छ । साथै ग्राहकहरुले CellPay Kart सेवामार्फत सजिलै घरमै बसी बसी बिभिन्न सामानहरु खरिद गर्न सक्नेछन्।

यस सेवामार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणालीमार्फत सम्पन्न हुनेछ र सेलपे सेवासँग आवद्ध भएका बैंकहरुका खाताका साथै Wallet Load बाट पनि ग्राहकहरुले सहजरुपमा यो सेवा लिन सक्नेछन्। साथै ग्राहकहरुले सेलपेबाट फण्ड ट्रान्सफर गर्दा कुनै पनि शुल्क लाग्ने छैन। 

Logo