भन्सारमा भेहिकल स्क्यानर जडान गर्न अर्थमन्त्रीको निर्देशन

भन्सारमा भेहिकल स्क्यानर जडान गर्न अर्थमन्त्रीको निर्देशन

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री जनार्दन शर्माले प्रमुख भन्सार विन्दुहरुमा यथाशिघ्र भेहिकल स्क्यानर जडान गर्न निर्देशन दिएका छन्। भन्सार विभागले आयोजना गरेको दुई दिने भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री शर्माले भेहिकल स्क्यानर जडानको प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएका हुन्। 

भेहिकल स्क्यानर जडान भएपछि भन्सार विन्दुमा आउजाउ गर्ने सवारी साधनमा लोड भएका मालवस्तु ‘म्यानुअल्ली’ चेकजाँच गर्नु पर्दैन। अर्थमन्त्रीले मालवस्तुको वर्गिकरण र मूल्याङ्कनमा इमान्दारिता कायम गरि राजश्व संकलन बृद्धि गर्न कर्मचारीहरुलाई आग्रह गरे।

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले भन्सार प्रशासनले तीन ‘स’ को अवधारणामा काम गर्न आग्रह गरेका छन्।

सुधार, सहजीकरण र सुशासनको अवधारणालाई आत्मसात गरि काम गर्नुपर्नेमा जोड दिए । उनले सरुवाको लागि कुनै पनि  दल, नेता वा संगठनको फोन लगाउने कार्य तत्काल बन्द गर्न निर्देशन दिए। 

सरुवाको लागि फोन गराई दवाव सृजना गर्ने कर्मचारीहरुको माग सुनुवाई नहुने स्पष्ट पारे। ‘त्यसरी फोन सोर्सफोर्स लगाउने कर्मचारीले आफ्नो इन्टिग्रेटीमा कम्प्रोमाईज गरिसकेको हुन्छ, इन्टिग्रेटी गुमाइसकेका कर्मचारीले कस्तो काम गर्छन् त्यो आफैं बुझ्नुहुन्छ ।’ उनले भने

राजश्व सचिव कृष्णहरि पुष्करले सेवाग्राहीले कर्मचारीको इमान्दारितामाथि कुनै पनि प्रकारका प्रश्न उठाउन नसक्ने गरी काम गर्न निर्देशन दिए। उनले सेवाग्राहीका गुनासाहरुलाई तत्काल सम्बोधन गर्नेगरि काम गर्नुपर्नेमा जोड दिए। 

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले प्रतिस्थापन विधेयकमार्फत स्वदेशी उद्योगहरुको संरक्षण र प्रोत्साहन गर्नेगरि नीति आएकोमा सरकारलाई धन्यवाद दिएका छन्।

उनले करको दर हेरफेरमा निजी क्षेत्रको सुझाव समेटिएको भन्दै खुशी व्यक्त गरे। स्वदेशी उद्योगलाई प्रोत्साहन गर्नका लागि कच्चा पदार्थ आयातमा तयारी वस्तुको तुलनामा दुई तह कम दरको कर लगाउनुपर्नेमा जोड दिए। 

भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले लक्ष्यअनुसारको राजश्व संकलन गरिने प्रतिवद्धता व्यक्त गरे । उनले सदाचारलाई शिरमा तथा राष्ट्रहितलाई छातीमा राखेर काम गर्न मातहतका कार्यालय प्रमुख तथा कर्मचारीहरुलाई निर्देशन दिए।

Skip This
Skip This
Logo