काठमाडौं ।
कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि घोषित लकडाउन र निषेधाज्ञाको अन्त्य भएसँगै पर्यटकीय गन्तव्य पोखराको पर्यटन गतिविधिले पुनः गति लिन थालेको छ ।
लामो समयदेखि बन्द रहेका आन्तरिक हवाई उडान र लामो दूरीको यातायात संचालनमा आएसँगै पोखरामा आन्तरिक पर्यटकहरुको चहलपहल शुरु भएको हो ।
सरकारले गत चैत ११ गतेबाट देशभरी लक डाउन जारी गरेसँगै पटर्यन व्यवसाय ठप्प बनेको थियो । ४ महिना लामो लकडाउन खुले पनि आन्तरिक हवाई सेवा सुचारु नहुँदा पर्यटन व्यवसाय सञ्चालन हुन सकेको थिएन । आन्तरिक उडानले व्यवसाय सञ्चालनमा उत्साह थपेको पोखराका पर्यटन व्यवसायी हरि भुजेलले बताएका छन् ।
अर्का पर्यटन व्यवसायी सूर्य भुजेलले सहज रुपमा व्यवसाय सञ्चालन गर्ने अवस्था अझै नभए पनि सरकारी स्तरबाट सकारात्मक सहयोग हुनुपर्ने बताएका छन् ।
कास्की पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलले कोरोनासँग ‘लिभिङ टुगेदर’ मा अगाडि बढ्नुको विकल्प नभएको बताए । पर्यटकिय गन्तव्यहरुको संरक्षण गर्दै कोरोनासँग जोगिने र जोगाउँदै अगाडि बढ्नुपर्ने उनले बताए ।
कोरोना महामारीका कारण विगत ७ महिनादेखि बन्द प्याराग्लाइडिङ असोज १५ गतेबाट सञ्चालनमा आउने भएको छ । अहिले परीक्षणकालका रुपमा सञ्चालनमा रहेको र सम्पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै १५ असोजबाट व्यवसायीक रुपमा प्याराग्लाइडिङ सुरु हुने हवाई खेलकुद संस्था नाकाका अध्यक्ष कृष्ण भण्डारीले बताए । भिडियो :































प्रतिक्रिया