काठमाडौं ।
एनसेलका ग्राहकले बढि शुल्क लाग्ने कुनै डर बिना ढुक्कसँग मेन ब्यालेन्सबाटै अझ सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले आफ्ना ग्राहक लागि आकर्षक साप्ताहिक पेएजयूगो योजना ल्याएको छ जस अन्तर्गत ग्राहकले कर बाहेक ४० पैसा प्रतिएमबी सम्ममा डेटा सेवा प्रयोग गर्न सक्छन् ।
यो योजना बुधबार (असोज १४) देखि लागू भएको छ । पेएजयूगो अर्थात् मेन ब्यालेन्सबाटै विद्यमान प्रतिएमबी कर बाहेक रु २ मा डेटा सेवाप्रयोग गर्ने र सुलभ दरमा डेटा सेवाप्रयोग गर्नका लागि प्याक सुविधा नलिने ग्राहकहरुलाई ध्यानमा राखी सुलभ दरमा सेवाप्रदान गर्न यो योजाना ल्याइएको हो ।
यस योजनामा ग्राहकले आफ्नो मेन ब्यालेन्सबाट जति धेरै खर्च गर्दछन् त्यसै अनुरुप डेटाको शुल्क अझ सुलभ हुँदै जान्छ । यदी ग्राहकले पेएजयूगो अन्तर्गत एक हप्तामा डेटाका लागि रु २० सम्म खर्च गरेमा विद्यमान पेएजयूगो शुल्क रु २ प्रतिएमबी पर्दछ । एक हप्तामा ग्राहकले रु २० देखि रु ५० सम्म डेटा सेवामा खर्च गर्ने बितिकै सेवा प्रयोगका लागि प्रतिएमबी शुल्क रु १ मा झर्दछ । त्यसैगरी यदी ग्राहकले एक हप्तामा रु ५० भन्दा बढी खर्च गर्ने बितिकै प्रतिएमबी मात्र रु ४० पैसामा मेन ब्यालेन्सबाटै डेटा सेवाको फाइदा लिन सक्छन् ।
साप्ताहिक चक्रमा हरेका हप्ता आइतबारदेखि शनिबार सम्ममा ग्राहकले पेएजयूगो डेटा अन्तर्गत गरेको खर्चको आधारमा यो योजना संचालन हुन्छ । जस्तै कुनै ग्राहकले आइतबारदेखि बुधबार सम्ममा पेएजयूगो डेटा सेवामा रु २३ खर्च गरेमा ग्राहकको मेन ब्यालेन्सबाट रु २० भन्दा बढि खर्च हुने बित्तिकै पेएजयूगो शूल्क त्यहि हप्ताको शनिबार मध्यरातसम्मका लागि रु १ प्रतिएमबीमा झर्नेछ । त्यस्तै सोहि ग्राहकको खर्च उक्त हप्ता रु ५० भन्दा बढि हुने बित्तिकै ग्राहकले त्यस हप्ताको शनिवार मध्यरातसम्मका लागि मात्र ४० पैसा प्रतिएमबीमा डेटा सेवाको फाइदा लिन सक्दछ ।
आफ्ना ग्राहकका लागि मेन ब्यालेन्सबाटै सुलभ दरमा डेटा सेवा सुनिश्चित गर्ने यो आकर्षक सेवा ल्याउन पाएकोमा एनसेल निकै हर्षित रहेकोे कम्पनीले जनाएको छ । सुलभ दरमा डेटा प्रयोग गर्न डेटा प्याकहरु सबै भन्दा राम्रो विकल्प भएपनि, यस योजनाले कुनै डेटा प्याक सुचारु नगरी पेएजयूगोमा डेटा चलाउने ग्राहकलाई ठूलो फाइदा पुर्याउने विश्वास एनसेलले लिएको छ ।































प्रतिक्रिया