बजेट पारित, सरकारलाई खर्च गर्न बाटो खुल्याे

बजेट पारित, सरकारलाई खर्च गर्न बाटो खुल्याे

केन्द्रबिन्दु
0
Shares

विपक्षी दल नेकपा एमालेको नाराबाजीबीच प्रतिनिधिसभाले २०७८/०७९ को बजेट पारित गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले भदौ २५ गते चालू आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेका थिए।

बजेट पारित भएसँगै सरकारलाई खर्च गर्नका लागि बाटो खुलेको छ। अध्यादेशको समय गत बुधबार सकिएपछि खर्च गर्न बन्देज लागेको थियो। सभामुख अग्निप्रसाद सापकोटाले बहुमतले बजेट पारित भएको बताए।

अध्यादेश बजेट ०७८ लाई प्रतिस्थापन गर्ने विधेयकमा सरकारका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ। 
आन्तरिक ऋण ३७ अर्ब घटाइएको छ भने चालूतर्फको खर्च १० प्रतिशत कटौती गरिएको छ।
बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले कोभिड-१९ प्रभावितको जीवनरक्षा र शिथिल अर्थतन्त्रको पुनरुत्थानका लागि बजेट अभाव हुन नदिने बताएका थिए।

प्रतिनिधिसभाको आजको बैठक सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमालेकाे विराेध जारी रहे पनि अघि बढाएका थिए। जसमा बजेट पनि पारित गराए। एमालेको अवरोधकै बीच सभामुखले बैठक पेलेर सञ्चालन गरेका हुन्।

एमालेले भने विरोध स्वरुप चर्को नारावाजी गर्न भने छोडेन। त्यसको कुनै पर्वाह नगरि सभामुख लगातार कारवाही अघि बढाइरहे र बजेट पारितसँगै आगामी बैठक असोज ७ गते बस्ने गरि स्थगित गरेका छन्।

Skip This
Skip This
Logo