आज पनि आरटीजीएस प्रणाली सञ्चालन हुने

आज पनि आरटीजीएस प्रणाली सञ्चालन हुने

केन्द्रबिन्दु
0
Shares

आज शनिबार पनि रियल टायम ग्रस सेटल्मेन्ट (आरटीजीएस) प्रणाली नियमित सञ्चालन हुने केन्द्रीय बैंकले जानकारी गराएको छ ।

केन्द्रीय बैंकले विकास ऋणपत्र २०८० ‘क’ को ब्याज भुक्तानी प्रयोजनको लागि बैंक तथा वित्तीय संस्थाहरुलाई आरटीजीएस प्रणाली सञ्चालन राख्न निर्देशन दिएको हो । राष्ट्र बैंकले शनिबार बिहान १० बजेदेखि १२ बजेसम्म आरटीजीएस प्रणाली सञ्चालन राख्न भनेको हो ।

आरटीजीएस प्रणालीमार्फत चेक नकाटी सीधै एक बैंकको खाताबाट अर्को बैंकको खातामा भुक्तानी गर्न सकिन्छ । 

Skip This
Skip This
Logo