कुलमानको गुनासोः सडक र खानेपानी विभागका कारण जमिनमुनि केबल बिछ्याउन कठिन

कुलमानको गुनासोः सडक र खानेपानी विभागका कारण जमिनमुनि केबल बिछ्याउन कठिन

केन्द्रबिन्दु
0
Shares

नेपाल विद्युत प्राधिकरणले सडक विभाग, खानेपानी विभागलगायतका निकायका कारण अन्डरग्राउन्ड केवल बिछ्याउने कामले गति लिन नसकेको स्पष्ट पारेको छ ।

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले अन्डरग्राउन्ड केवल बिछ्याउने काममा सडक विभाग, खानेपानी विभागलगायतका कारण समस्या खडा भएको उल्लेख गर्दै समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पहल गरिरहेको पनि जानकारी दिए।

उनले ती समस्या समाधान गरेर मुलुकमा सूचना प्रविधि क्षेत्रको विकासमा आवश्यक सहयोग पुर्याउन प्राधिकरण प्रतिवद्ध रहेको पनि बताए।

आज काठमाडौंमा आयोजित ‘नेपालमा सूचना प्रविधि प्रयोगको अवस्था र चुनौती’ विषयक् अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालको सूचना प्रविधि क्षेत्रको विकासमा प्राधिकरणले महत्वपूर्ण भूमिका निर्वाह गरेको दावीसमेत गरे।

उनले करिव ९५ प्रतिशत नेपालीहरुको घरमा विद्युतीकरण भइसकेको उल्लेख गर्दै त्यसले पनि सूचना प्रविधिको विकासमा उल्लेखनीय योगदान पुर्याउन सघाउ पुर्याएको स्मरण गराए।

घिसिङले भने,‘अन्डरग्राउन्ड केवल विछ्याउने काममा सडक विभाग, खानेपानी विभागलगायतका निकायहरुले समस्या खडा गरिरहेका छन् र ती समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पहल  गरिरहेको छ । ती समस्या हामी छिट्टै समाधान गरेर अघि बढ्नेछौं । 

प्रबन्ध निर्देशक घिसिङले नेपाल विद्युत् प्राधिकरणले ग्राहकहरुबाट बार्षिक ७० अर्ब आयआर्जन गर्ने बताए।
 

Logo