साताको पाँचौं दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुन आज पाँच सयले बढेको हो।
यस हप्ता सुन आइतबार दुई सयले बढेको थियो भने सोमबार स्थिर थियो। मंगलबार पाँच सयले बढेको सुन बुधबार चार सयले घटेको थियो।
गत हप्ता आइतबार स्थिर रहेको सुन सोमबार तीन सयले बढेको थियो। मंगलबार तीन सयले घटेको थियो भने बुधबार एक सयले घट्यो। यस्तै बिहीबार दुई सयले घटेको थियो। शुक्रबार ९ सयले बढेको थियो।
आज छापावाला सुनको प्रतितोला ९० हजार ४०० मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ८९ हजार ९५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यता चाँदीको मूल्य पनि आज बढेको छ। चाँदी आज १० रुपैयाँ बढ्दै एक हजार १७० रुपैंयाँमा कारोबार भइरहेको छ।































प्रतिक्रिया