पछिल्लो केही समय अगाडिदेखि विश्व बजारमा अमेरिकी डलरको भाउ निरन्तर घटिरहेको थियो ।
तर, पछिल्लो समय निरन्तर रूपमा घटिरहेको डलरको भाउ बिहीबार भने ६ महिनायताकै सबैभन्दा उच्च बिन्दुमा पुगेको छ।
यसअघि अमेरिकी डलरको बजार भाउ १ सय २० रुपैयाँ ३२ पैसासम्म पुगेको थियो । तर, त्यसपछि भने निरन्तर घटिरहेको थियो।
यसरी निरन्तर रूपमा घटेर ६ महिनाको बिचमा अमेरिकी डलरको भाउ १ सय १६ रुपैयाँ २१ पैसासम्म झरेको थियो।
बिहीबार भने बुधबारको तुलनामा डलरको भाउ ८५ पैसाले बढेर १ सय २० रुपैयाँ २७ पैसा पुगेको छ। बुधबार डलरको भाउ १ सय १७ रुपैयाँ ७ पैसा रहेको थियो।
नेपाल राष्ट्र बैंकले बिहीबारको लागि १ सय २० रुपैयाँ २७ पैसा तोकेको छ। पछिल्लो ६ महिनाको बिचमा डलरको भाउ कम हुँदा नेपालमा विदेशबाट आउने रेमिटेन्ससमेत १५ अर्ब रुपैयाँभन्दा बढीले घटेको छ।
अमेरिकामा रोजगारी बढेको समाचार सार्वजनिक भइरहँदा डलरमा सुधार आएको अन्तराष्ट्रिय समाचार माध्यमले जनाएका छन्।
यसरी अमेरिकी डलरमा सुधार आउनाले भारतीय मुद्रा प्रभावित भएका कारण डलरको भाउ बढ्न थालेको हो।
तर, यता नेपाली र भारतीय मुद्राबीच विनिमय दर स्थिर छ। भारु १ सय बराबर नेपाली १ सय ६० रुपैयाँको स्थिर विनिमय दरका कारण भारु तल–माथि हुँदा नेपाली रुपैयाँ पनि तरंगित हुन्छ।































प्रतिक्रिया