खसी र बोकाको मूल्यमा जम्मा १० रुपैया छुटः प्रतिकेजी ६ सय ४० रुपैयाँ तोकियो

खसी र बोकाको मूल्यमा जम्मा १० रुपैया छुटः प्रतिकेजी ६ सय ४० रुपैयाँ तोकियो

केन्द्रबिन्दु
0
Shares

दसैं तिहारजस्ता चाडपर्वका लागि सुपथ मूल्य पसल संचालन गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दशैंका लागि खसी र बोकाको मूल्य प्रतिकेजी ६ सय ४० रुपैयाँ तोकेको छ । 

कम्पनीले काठमाडौंको थापाथलीस्थित आफ्नै कार्यालय परिसरमा प्रतिकेजी ६ सय ५० रुपैयाँ मूल्यमा विक्री गर्ने तय गरेको खसी, बोकाको मूल्य दशैंका लागि प्रतिकेजी १० रुपैयाँ छुट दिएर ६ सय ४० रुपैयाँमा विक्री वितरण गरेको हो । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले खसी, बोका सस्तोमा पाइने उल्लेख गर्दै खरिद गर्न पनि ग्राहकहरुलाई आग्रह गरे । उनले खसी, बोकाको अभाव हुन नदिने प्रतिवद्धता समेत जनाए ।

कम्पनीले हाल २ हजार खसी, बोका विक्रीका लागि ल्याएको छ । तर ग्राहकहरुको चाप बढेकाले आवश्यक्ता अनुसार फेरी पनि थप गरेर विक्री वितरण गर्ने व्यवस्था मिलाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रदेश कार्यालयकी प्रादेशिक प्रमुख ज्ञानु थापाले जानकारी दिए। उनले दैनिक ५ सय वटा  खसी, बोका विक्री वितरण हुने अनुमान गरिएको समेत  जनाए।

कम्पनीले विहान ७ बजेबाट अपरान्ह ५ बजेसम्म खसी, बोका विक्री वितरणको व्यवस्था मिलाएको छ । कम्पनीले यस वर्ष कोरोनाका कारण चीनबाट च्याङ्ग्रा भने भित्र्याउन नसकिएको स्पष्ट पारेको छ । 
 

Skip This
Skip This
Logo