आज ६९.५१ अंकले घट्यो नेप्से, करिब ३ अर्बको कारोबार

आज ६९.५१ अंकले घट्यो नेप्से, करिब ३ अर्बको कारोबार

केन्द्रबिन्दु
0
Shares

साताको दोस्रो दिन शेयर बजारमा भारी अंकले गिरावट आएको छ। आज नेप्से ६९ दशमलव ५१ अंकले घटेको हो।

कारोबारको सुरुवाती समयबाट नै ओरालो लागेको शेयर बजार कारोबारको अन्तिममा आएर ६९.५१ अंकले घट्दै २ हजार ५८७.४५ अंकमा झरेको छ।

आज कारोबारमा आएका २१८ कम्पनीका ८७ लाख ७६ हजार ३३७ कित्ता शेयर २ अर्ब ९६ करोड ६८ लाख ९९ हजार ७९० रुपैयाँ ८२ पैसामा कारोबार भएको छ। 

यसमध्ये ४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १८२ वटा कम्पनीको शेयर मूल्य घटेको छ। आज कारोबार भएका कुनै पनि कम्पनीका शेयर मूल्य स्थिर छैनन्।

आज ट्रेडिङ बाहेकका सबै समूहमा राताम्य छाएको छ । सबै भन्दा बढी फाइनान्सका लगानीकर्ताले ४.२६ प्रतिशतले गुमाएका छन्।

Skip This
Skip This
Logo