ललितपुर महानगरमा फुटपाथ अतिक्रमण गर्न रोक

ललितपुर महानगरमा फुटपाथ अतिक्रमण गर्न रोक

केन्द्रबिन्दु
0
Shares

ललितपुर ।

ललितपुर महानगरपालिकाले कुपण्डोल, पुल्चोक, जावलाखेल, कुमारीपाटीको महायान पेट्रोल पम्पसम्मको फुटपाथमा व्यापार – व्यवसाय गर्न, सवारी साधन पार्क गर्न आजबाट निषेध गरेको छ ।

फुटपाथमा तरकारी व्यवसाय गर्न, निर्माण सामग्री थुपार्न , सवारीसाधन पार्क गर्न, वर्कसपको काम गर्न पाइने छैन । ललितपुर महानगरपालिकाका नगरप्रहरी प्रमुख सिताराम हाँछेथुले सहरलाई सुन्दर र व्यवस्थित बनाउन फुटपाथ अतिक्रमणलाई रोकेको बताए ।

उनले भने, ‘पहिलो चरण अन्तर्गत यी क्षेत्र तोकेका छौं , चरणबद्ध रुपमा फुटपाथ व्यवस्थित बनाउने छौं ।’ फुटपाथ पैदल यात्रुको लागि छुट्याएको ठाउँ भएकाले पैदलयात्रुको सहजतालाई ध्यान दिएर उक्त निर्णय गरेको बताए ।

महानगरको निर्देशनलाई अवज्ञा गरी फुटपाथ अतिक्रमण गरेको पाइएमा कानुन बमोजिम कारबाही गर्ने समेत उनले बताए ।

Skip This
Skip This
Logo