बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा कारोबार हुँदै?

बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा कारोबार हुँदै?

केन्द्रबिन्दु
0
Shares

साताको पाँचौं दिन आज पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुन आज तीन सयले बढेको हो। 

यस हप्ता आइतबार र मंगलबार सुन बजार बन्द थियो। सोमबार भने सात सयले बढेको थियो। बुधबार एक सयले बढेको थियो।

आज छापावाला सुनको प्रतितोला ९१ हजार ७०० मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९१ हजार २०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यता चाँदीको मूल्य पनि आज २५ रुपैंयाँले बढेको छ। चाँदी आज एक हजार २६० रुपैंयाँमा कारोबार भइरहेको छ।

Skip This
Skip This
Logo