प्रि-ओपन सेसन अपडेटः छ दशमलव ६१ अंकले बढ्यो नेप्से

प्रि-ओपन सेसन अपडेटः छ दशमलव ६१ अंकले बढ्यो नेप्से

केन्द्रबिन्दु
0
Shares

साताको तेस्रो कारोबार दिन मंगलबार प्रि-ओपन सेसनमा नेप्से सूचक बढेको छ। यस सेसनमा नेप्से ६ दशमलव ६१ अंकले बढे दुई हजार ६७८ दशमलव ८६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स शूल्य दशमलव ९४ अंक बढेको छ। 

अघिल्लो कारोबार दिन अर्थात सोमबार ८७ दशमलव ६३ अंक बढेर दुई हजार ६७२ दशमलव २५ विन्दुमा बन्द भएको थियो। मंगलबार प्रि-ओपन सेसनमा २४ कम्पनीको ४३ लाख एक हजार ५४७ रूपैयाँ ९० पैसा बराबरको सात हजार ५७१ कित्ता सेयर खरिद बिक्री हुँदा २१ कम्पनीको सेयर मूल्य बढेको छ।

मंगलबार तीन कम्पनीको सेयर मूल्य भने ओरालो लागेको छ।

Skip This
Skip This
Logo