आज पनि शेयर बजारमा हरियाली, ७८.८२ अंकले बढ्यो नेप्से परिसूचक

आज पनि शेयर बजारमा हरियाली, ७८.८२ अंकले बढ्यो नेप्से परिसूचक

केन्द्रबिन्दु
0
Shares

सोमबार हरियाली छाएको नेप्से परिसूचकले मंगलबार पनि निरन्तरता पाएको छ ।

तीन हजार दुई सय अंकसम्म पुगेको नेप्से परिसूचक पछिल्लो दुई महिना देखि निरन्तर गिरावट आएर नेप्से २४ सय अंकको आसपासमा पुगेको थियो। 

तर, सोमबार नेप्से परिसूचक ८७.६३ अंकले बढेको नेप्से परिसूचक मंगलबार पनि ७८.८२ अंकले बढेर २ हजार ७५१.०७ अंकमा पुगेको छ। 

गत आइतबार पनि २६.९६ अंकले वृद्धि भएको थियो । पछिल्लो तीन दिनमा मात्रै नेप्से परिसूचक २२९.४१ अंकले वृद्धि भएको छ ।

तर, नेप्से परिसूचक उच्च अंकले वृद्धि भए पनि नेप्से कारोबार रकम भने वृद्धि हुन अझै सकेको छैन । अन्य दिनको भन्दा मंगलबार भने कारोबार रकम केही बढेको देखिन्छ ।

मंगलबार कारोबारमा आएका २२७ कम्पनीको १ करोड १४ लाख ८६ हजार १२३ कित्ता शेयर ६ अर्ब ३१ करोड ८३ लाख ४० हजार ९३२ रुपैयाँमा कारोबार भएको छ । सोमबार ४ अर्ब ३० करोड ८८ लाख ९५ हजार ५७४ रुपैयाँमा कारोबार भएको थियो ।  

मंगलबार नेप्सेका सबै उपसमूहमा हरियाली छाएको छ । जसमा सबैभन्दा बढी होटल तथा पर्यटनमा ७.५१ प्रतिशत, फाइनान्समा ५.६१ प्रतिशत, जलविद्युतमा ४.३३ प्रतिशतको वृद्धि देखिएको छ ।

साथै, यो दिनको कारोबारमा चन्द्रागिरि हिल्स, घलेम्दी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, नगाडी ग्रुप पावर लिमिटेड, माउन्टेन हाइड्रो नेपाल, राधी विद्युत् कम्पनी, बेस्ट फाइनान्सलगायतका कम्पनी शेयरमा पोजेटिभ सर्किट लागेको छ । 

कारोबार रकमका आधारमा भने कामना सेवा विकास बैंक, नबिल बैंक, एनआइसी एशिया बैंक सबैभन्दा अगाडि छन् ।

सोमबार भने फाइनान्सतर्फ ७.८१ प्रतिशत, जलविद्युत् ७.५७ प्रतिशत, विकास बैंक ६.५ प्रतिशतले बढेको थियो ।

Logo