सुनको मूल्य प्रतितोला तीन सयले घट्यो

सुनको मूल्य प्रतितोला तीन सयले घट्यो

केन्द्रबिन्दु
0
Shares

साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएकोमा आइतबार तीन सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको हो।

आइतबार छापावाल सुन प्रति १० ग्राम ७८ हजार ६२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार दुई सय रुपैयाँ कायम भएको छ। त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार १९० रुपैयाँ कायम भएको महसंघले जनाएको छ। 

आइतबार चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको छ। आइतबार चाँदीको मूल्य प्रतितोला एक हजार २४० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ६३ रुपैयाँ कायम भएको महसंघले जनाएको छ। 

Skip This
Skip This
Logo