बेनेली ब्राण्डका मोटरसाइकलको मूल्य नेपाली बजारमा वृद्धि भएको छ। नेपालका लागि बेनेलीको आधिकारिक वितरक केटीएम इन्टरनेसनल ट्रेडिङले सार्वजनिक गरेको नयाँ मूल्य सूची अनुसार सबैभन्दा बढी बेनेली ३०२एस र ३०२एस (नियोन) को मूल्य बढेको हाे।
यी मोटरसाइकलको मूल्य एकै पटक १ लाख १४ हजार ९ सय रुपैयाँले बढेको कम्पनिले जनाएकाे छ। ३०२एस को मूल्य पहिले ९ लाख ३५ हजार भएकोमा अब १० लाख ४९ हजार ९ सय पुगेको छ । यस्तै ३०२एस (नियोन) को मूल्य पहिले ९ लाख ६० हजार भएकोमा अब १० लाख ७४ हजार ९ सय पुगेको छ।
त्यस्तै बेनेली टीएनटी १५० आईको मूल्यमा ३४ हजार ७३० रुपैयाँ बढेको छ। यस अघि यस मोटरसाइकलको मूल्य ३ लाख ४३ हजार १७० भएकोमा अब ३ लाख ७७ हजार ९ सय रुपैयाँ पुगेको पनि कम्पनिले जनाएकाे छ।
बेनेली १८०एस र १८०एस (नियोन) को मूल्यमा १९ हजार ९ सय रुपैयाँ बढेको छ ।
सबैभन्दा कम मूल्य टीएनटी १५ मा बढेको छ। यसको मूल्य पहिले २ लाख ४७ हजार ५ सय भएकोमा ७ हजार ४ सय रुपैयाँ बढेर अब २ लाख ५४ हजार ९ सय रुपैयाँ पुगेको छ।
बेनेली ग्रुपले नै उपलब्ध गराइरहेको किवी ब्रान्डका मोटरसाइकल र बेनेलीकै अन्य मोडलका मोटरसाइकलको मूल्य भने हाल यथावत छ।































प्रतिक्रिया