तिहारपछिकाे पहिलाे काराेबार दिन साेमबार सुनकाे मूल्य प्रतिताेला १५ सयले बढेकाे छ।
नेपालको सुनचाँदी बजारमा आज छापावाल सुन अघिल्लो कारोबार मूल्यका आधारमा प्रतितोला रु १५०० ले बढेर रु ९२ हजार ५ सय तोकिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनकाे मूल्य प्रतितोला रु ९२ हजार तोकिएको छ।
महासङ्घका अनुसार आज चाँदीको मूल्य पनि बढेकाे छ। चाँदी आज २५ रूपैयाँले बढ्दै प्रतितोला रु एक हजार २५० मा कारोबार भएको छ।
प्रतिक्रिया