फेरि बढ्याे इन्धनकाे मूल्य, अब ग्याँस १,५७५ र पेट्रोल १३६ रूपैयाँ कायम

फेरि बढ्याे इन्धनकाे मूल्य, अब ग्याँस १,५७५ र पेट्रोल १३६ रूपैयाँ कायम

केन्द्रबिन्दु
0
Shares

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। बुधबार राति १२ बजेदेखि लागू हुने गरी पुन: पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य बढाइएको हो। 

केही दिन अगाडि मात्रै पेट्रोलियम पदार्थमा मूल्य बढाएको निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएको छ। 

अब पेट्रोल प्रतिलिटरको मूल्य १३६ रुपैयाँ पुगेको छ। यस्तै, डिजेल तथा मट्टितेलको मूल्य ११९ रुपैयाँ प्रतिलिटर पुगेको छ।

निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर ७५ रुपैयाँ बढाएको छ। अब खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १ हजार ५७५ रुपैयाँ पुगेको छ। यस्तै हवाइ इन्धनकाे मूल्य पनि ५ रूपैयाँ बढाइएकाे छ।

Skip This
Skip This
Logo