नाडाद्वारा अटो शो मा सहभागी हुन इच्छुक कम्पनीलाई दर्ताको लागि आह्वान

नाडाद्वारा अटो शो मा सहभागी हुन इच्छुक कम्पनीलाई दर्ताको लागि आह्वान

केन्द्रबिन्दु
0
Shares

अटो शो आयोजना गर्ने संस्था नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले यस वर्ष अटाे शो मा सहभागी हुन इच्छुक कम्पनीलाई समय सीमा तोकेर दर्ता गर्न आह्वान गरेकाे छ। नाडाले फागुन ९ देखि १४ गतेसम्म काठमाडौंमा आयोजना हुने अटाे शाे का लागि दर्ता आह्वान गरेकाे हाे।

हरेक वर्ष आयोजना हुँदै आएको अटो शो कोरोना महामारीका कारण अघिल्ला २ वर्षदेखि रोकिएको थियो ।

अटो शोमा सहभागी हुन चाहने अटोमोबाइल सम्बद्ध कम्पनीहरुलाई मंसिर २ देखि ६ गतेभित्र आफ्नो नाम दर्ता गराइसक्न नाडाले भनेको छ। कोभिडको प्रभाव कायमै रहेका कारण दर्ता गर्न आउँदा कम्पनीबाट एक जना मात्र प्रतिनिधी आउनसमेत उसले अनुरोध गरेको छ। 

दर्ताको प्रक्रिया सकिएपछि स्टलको बाँडफाँट लट्रि ड्रमार्फत गरिनेछ। नाडा अटो शोमा सहभागी हुन इच्छुक कम्पनीहरुको संख्या धेरै हुने भएपनि स्थान अभावका कारण विगतका वर्षहरुमा नाडाले सबै कम्पनीलाई समेट्न सकिरहेको थिएन। 

नेपालमा सवारीसाधनको कारोबार गर्ने कम्पनीदेखि टायर, ट्युव, लुब्रिकेन्ट्स, विभिन्न प्रकारका स्पेयर पार्टस तथा एसेसोरिज, बैंक तथा बित्तिय संस्था र अन्य अटोमोबाइल सम्बद्ध कम्पनीहरुले आ–आफ्ना वस्तु तथा सेवाका बारेमा जानकारी प्रदान गर्ने उपयुक्त प्लाटफर्मका रुपमा अटो शोलाई लिने गरेका छन्। मेलामा नयाँ मोडलका सवारीसाधन हेर्न दर्शकहरुको ठूलै भिड नै लाग्ने गरेको छ।

Logo