प्रिमियम इलेक्ट्रिक स्कुटर प्योर ईभीको नेपालमा बिक्री सुरू भएकाे एक वर्ष पूरा

प्रिमियम इलेक्ट्रिक स्कुटर प्योर ईभीको नेपालमा बिक्री सुरू भएकाे एक वर्ष पूरा

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा भारतीय प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड प्योर ईभी भित्रिएको एक वर्ष पूरा भएको छ। याे कम्पनी गत वर्ष तिहारकाे लक्ष्मी पूजाको दिन सुरू भएकाे थियाे।

इलेक्ट्रिक स्कुटर किन्नका लागि सहज फाइनान्सको समेत व्यवस्था भएको प्योर ईभीको मुख्य सोरुम काठमाडौंको नक्सालमा रहेको छ। त्यसैगरी टेकु र गावहाल तथा उपत्यका बाहिर बुटवल, कावासोती, नारायणघाट, जनकपुर, इटहरी र पोखरामा प्योर ईभीका सोरुम छन्। 

प्योर ईभीका हाल नेपाली बजारमा तीन मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध छन्। ह्वाइट लोटस मोटर्सले नेपाली बजारमा यी स्कुटर बिक्री–वितरण गरिरहेको छ।

ईप्लुटो ७जी र ईट्रान्स नियोमा २.५ किलोवाटको ब्याट्री र २ हजार २ सय वाटको मोटर छ। यी दुवै स्कुटरमा सिंगल चार्जमा ११६ किलोमिटरको रेन्ज दिन्छ।

ईट्रान्स नियोमा १.८ किलोवाटको ब्याट्री र २५० वाटको मोटर छ र यसले सिंगल चार्जमा ७० किलोमिटरको रेन्ज दिन्छ।

ईप्लुटो ७जीको मूल्य २ लाख ६० हजार, ईट्रान्स नियोको मूल्य २ लाख ४९ हजार र ईट्रान्स प्लसको मूल्य १ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

स्कुटरको ब्याट्रीमा ३ वर्ष, तथा मोटर र कन्ट्रोलरमा १/१ वर्षको वारेन्टी र एक वर्षमा ४ पटक सम्म फ्रि सर्भिसिङ कम्पनीको तर्फबाट उपलब्ध गराइने छ। 

प्योर ईभीका लागि हाल कम्पनीले काठमाडौं उपत्यका बाहिर विराटनगर, विर्तामोड, वीरगन्ज, हेटौंडा, नेपालगन्ज, भैरहवा, दाङ, सुर्खेत, बनेपा र काठमाडौं उपत्यकामा समेत विभिन्न स्थानका लागि डिलर आह्वान गरेको छ।

Logo