आइएमइ जनरल इन्स्योरेन्सद्वारा कृषि तथा पशुपन्क्षी बीमा क्षति मूल्याङ्कनकर्तालाई तालिम

आइएमइ जनरल इन्स्योरेन्सद्वारा कृषि तथा पशुपन्क्षी बीमा क्षति मूल्याङ्कनकर्तालाई तालिम

केन्द्रबिन्दु
0
Shares

आइएमइ जनरल इन्स्योरेन्सले कृषि तथा पशुपन्क्षी बीमा क्षति मूल्याङ्कनकर्ताको तालिम सम्पन्न गरेको छ। 

बीमा समितिबाट जारी कृषि तथा पशुपन्छी बीमा निर्देशिका, ०७७ बमोजिम कृषि तथा पशुपन्क्षी बीमा क्षति मूल्याङ्कनकर्ताको व्यवस्था गर्न कृषि तथा पशुपन्क्षी बीमाको लागि यस कम्पनीको लागि तोकिएका जिल्लाहरु सोलुखुम्बु र ओखलढुङ्गाका सहभागिहरुलाई एकै स्थानमा समावेश गरि तालिम सम्पन्न गरेको हो । कार्तिक २८ देखि ३० गतेसम्म सोलुखुम्बु जिल्लाको पत्ताले गुठीभवन, पत्ताले सोलुखुम्बुमा बीमा समितिको प्रतिनिधिको रोहवरमा तालिम सम्पन्न भएको हो । 

उक्त तालिममा १५ जना व्यक्तिहरुको सहभागिता रहेको थियो। क्षति मूल्याङ्कनकर्ताको तालिम पश्चात कृषि तथा पशुपन्छी बीमाको क्षतिको लागि तोकिएको सीमाभन्दा बढीको क्षतिमा क्षति मूल्याङ्कनकर्ताले मूल्याङ्कन गरी दावी भुक्तानी गर्ने व्यवस्थाबाट कृषि तथा पशुपन्छी बीमामा उल्लेख्यरुपमा सुधार भई ग्राहकहरुलाई बीमा सेवा प्रदान गर्न सहज हुने अपेक्षा कम्पनीले लिएको छ।
 

Skip This
Skip This
Logo